
काठमाडौं ।
उजबेकिस्तानले कम्पनीहरूलाई सौर्य ऊर्जा प्रयोग गरेर क्रिप्टोकरेन्सीहरू माइनिङ्ग गर्न अनुमति दिने भएको छ। यस हप्ता प्रकाशित राष्ट्रपतिको आदेश अनुसार आन्तरिक र विदेशी कम्पनीहरूले सौर्य ऊर्जा प्रयोग गरेमा सबै क्रिप्टो सञ्चालनहरूलाई आयकरबाट छुट दिनेछ।
तास्कन्द सरकार माइनरहरूले आफ्नै सौर्य प्यानलहरू जडान गरेर आफ्नो प्लानमा उर्जा दिन चाहेको रोयटर्सले जनाएको छ।
वैकल्पिक रूपमा, माइन गर्ने कम्पनीहरूले नियमित मूल्य भन्दा दोब्बर तिर्दा पावर ग्रिडमा नै जोडन सकिनेछ। यद्यपि, आदेश अनुसारउच्चतम खपत अवधिहरूमा अतिरिक्त लेभी लगाउन सकिने बताईएको छ।
माइनिङ्गका लागि कुनै इजाजतपत्र आवश्यक पर्दैन तर कम्पनी नयाँ गठित उज्बेक राष्ट्रिय एजेन्सी फर पर्स्पेक्टिभ प्रोजेक्ट्सद्वारा दर्ता गरिएको हुनुपर्ने डकुमेन्टमा उल्लेख छ।
बिटक्वाइन सहित केही क्रिप्टोकरेन्सीहरू कामको प्रमाण भनिने प्रक्रियाद्वारा सिर्जना गरिन्छन् जसमा कम्प्युटरहरूले जटिल गणितिय पजलहरू समाधान गरेर मुद्रालाई “माइन” गर्न आवश्यक हुन्छ। ती कम्प्युटरहरूलाई पावर गर्न ठूलो मात्रामा बिजुली आवश्यक गर्दछ।
समाचार रिपोर्टकाअनुसार उज्बेकिस्तानले २०१८ मा क्रिप्टोकरेन्सी व्यापारलाई वैधानिकता दियो तर घरेलु क्रिप्टो एक्सचेन्जमा मात्र यो लागू भएको छ। अधिकतर सौर्य र वायु ऊर्जा प्लान्टहरूसहित मध्य एसियाली राष्ट्रले पनि नवीकरणीय ऊर्जा परियोजनाहरूको एक श्रृंखला सुरु गरेको छ।
गत वर्ष संयुक्त राज्य अमेरिकापछि बिटक्वाइन माइनको लागि विश्वको दोस्रो ठूलो केन्द्र बनेको छिमेकी कजाकस्तानले पुरानो कोइला पावर प्लान्टहरूको प्रभुत्वमा रहेको यसको पावर ग्रिडलाई तनावपूर्ण बनाएपछि खानीमा क्र्याक डाउन गरेको थियो।
स्मरणरहोस् नेपालमा क्रिप्टोकरेन्सीको कारोबार अवैध रहेको छ।
प्रकाशित: २२ बैशाख २०७९, बिहीबार