
काठमाडौं ।
भारतीय फुड डेलिभरी कम्पनी स्विगीले ड्रोनमार्फत दिल्ली-एनसीआर र बेंगलुरु जस्ता शहरहरूमा ग्रोसरी अर्थात किराना सामानहरू पुर्याउन गरुडा एयरोस्पेससँग साझेदारी गरेको छ। अहिले यी सहरहरूमा ट्रायल रन सञ्चालन गर्ने तयारी भइरहेको छ।
यस पायलट प्रोजेक्ट मार्फत, स्विगीको किराना डेलिभरी सेवा इन्स्टामार्टमा ड्रोन प्रयोग गर्ने आवश्यकताको मूल्याङ्कन गरिनेछ।
एक ब्लग पोस्टमा, स्विगीले डेलिभरी पार्टनरले ‘सामान्य बिन्दु’ बाट अर्डर लिने र ग्राहकहरूलाई पुर्याउने बताएको छ।
भारतीय न्युज एजेन्सी एएनआईको रिपोर्टका अनुसार गरूडा एयरोस्पेसले यसका लागि स्विगीले अनुरोध गरेको बताएको छ। यसमा कम्पनीले प्रस्ताव पठाएको थियो ।
गरुडा एयरोस्पेसका संस्थापक सीईओ अग्नेश्वर जयप्रकाशले यो साझेदारीलाई ड्रोन डेलिभरीमा नयाँ युगको बिहानी भएको बताएका छन्। उनका अनुसार, स्विगी जस्ता स्टार्टअपहरूले भीडभाड भएका सहरहरूमा ड्रोन डेलिभरी गर्न कसरी एडभान्स गरुडा एयरोस्पेसले भूमिका खेल्न सक्छ भन्ने बुझेका छन्।
गरुड एयरोस्पेसको गुडगाउँ र चेन्नईमा भएको उत्पादन सुविधा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका थिए। कम्पनीका अनुसार गरुडा एरोस्पेस देशको सबैभन्दा मूल्यवान ड्रोन स्टार्टअप हो जसको मूल्य २५ करोड डलर छ। कम्पनीले सन् २०२४ सम्ममा १ लाख स्वदेशी ड्रोन बनाउने योजना बनाएको छ। यो पूर्ण रूपमा भारतमा तयार हुनेछ।
*हेडलाइन सम्पादित
प्रकाशित: २२ बैशाख २०७९, बिहीबार