एन्ड्रोइडले आफ्नै बिल्ट-इन ब्लूटूथ ट्र्याकर ल्याउन सक्ने

  • Technology Khabar | १८ चैत्र २०७८, शुक्रबार
एन्ड्रोइडले आफ्नै बिल्ट-इन ब्लूटूथ ट्र्याकर ल्याउन सक्ने

काठमाडौं ।

गुगलले एन्ड्रोइडमा ब्लूटूथ ट्र्याकर डिटेक्शन एकीकृत गर्ने भएको छ।

टाइल ट्र्याकर र एप्पल एयर ट्याग लोकप्रिय बन्दै गइरहेको बेला केही प्रयोगकर्ताले अरुको व्यक्तिगत ट्र्याकिङका लागि यस्ता डिभाइसको दुरुपयोग पनि गरे।

एप्पलले आफ्नो पहिलो एयरट्याग गत वर्ष अप्रिलमा सार्वजनिक गरेयता कम्पनीले हराएका वा बिर्सिएका डिभाइस ट्र्याक गर्न विभन्न तरिकाहरु थप गर्दै आएको छ।

कम्पनीले फोनधनीबाट छुट्टिएको २४ घण्टाभित्र आवाज आउने फिचर थपेको छ। उता आईफोनले भने अनावश्यक एयरट्याग डिटेक्ट गरेमा यूजरलाई जानकारी दिने गरेको इन्ग्याजेटले जनाएको छ।

गएको डिसेम्बरमा एप्पलले एयरट्याग स्क्यान गर्न सक्ने एन्ड्रोइड एप जारी गरेको थियो। यस्तै टाइलले पनि यो महिना उस्तै फिचर भएको आफ्नै आईओएस र एन्ड्रोइड एप सार्वजनिक गरेको छ।

सम्बन्धित समाचार

एप्पलद्वारा एयरट्यागका लागि एन्ड्रोइड एप ल्याउने संकेत, अपडेट पनि आउँदै

प्रकाशित: १८ चैत्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Nepal Budget 2083/84: IT leaders urge clear PPP modality and infrastructure support to realize ‘Sovereign AI’

  • Technology Khabar
  • १८ चैत्र २०७८, शुक्रबार