अस्ट्रेलियामा अदालतको आदेशले इन्टरनेटमा सेन्सर गर्नुपर्ने अवस्था आउने गुगलको चेतावनी

  • Technology Khabar | १० माघ २०७८, सोमबार
अस्ट्रेलियामा अदालतको आदेशले इन्टरनेटमा सेन्सर गर्नुपर्ने अवस्था आउने गुगलको चेतावनी

काठमाडौं ।

गुगलले अस्ट्रेलियाको सर्वोच्च अदालतलाई २०२० मा उसको विरुद्ध दिइएको एउटा आदेश उल्ट्याउन आग्रह गरेको छ।

कम्पनीले यसो नभइको खण्डमा त्यहाँ फैलिएको इन्टरनेट सेवामा निकै ठूलो नकारात्मक असर पर्ने चेतावनी पनि दिएको छ।

द गार्जियनका अनुसार गत शुक्रबार एउटा रिट दर्ता गर्दै गुगलले यदि देशकै सबैभन्दा ठूलो अदालतले गत वर्ष आफ्नो सर्च इन्जिनसँग जोडिएको लेखमार्फत मानहानी भएको भन्दै एक वकिललाई ४० हजार डलर जरिबाना तिर्नुपर्ने फैसला नउल्ट्याए आफूले सेन्सरका रुपमा काम गर्नुपर्ने बताएको हो।

सन् २०१६ मा जर्ज डेफ्टेरोस नाम गरेका भिक्टोरिया राज्यका एक वकिलले गुगलसँग सम्पर्क गरेर कम्पनीलाई सन् २००४ मा द एजमा प्रकाशित भएको लेख हटाउन आग्रह गरेका थिए।

उक्त लेखमा तीन जना व्यक्तिको ज्यान लिएको डेफ्टेरोसमाथि मुद्दा दायर गरेको बारे रिपोर्ट समावेश रहेको इन्ग्याजेटले जनाएको छ।

ती आरोपहरु पछि सन् २००५ मा भने हटाइएको थियो।

गुगलले प्रकाशन गृहलाई सम्मानजनक स्रोतका रुपमा लिइने भएकाले उक्त लेख आफ्नो सर्च रिजल्टबाट हटाउन अस्वीकार गरेको थियो।

त्यसपछि उक्त घटना अदालतमा पुगेको थियो जसमा डेफ्टेरोसले उक्त लेख तथा गुगलको सर्च रिजल्टले आफ्नो मानहानी गरेको दावी प्रस्तुत गरेका थिए।

उक्त मुद्दा हेर्ने न्यायाधीशले भने द एजको रिपोर्टिङमा डेफ्टेरोस मेलबर्नको भूमिगत आपराधिक संगठनसँग सम्बद्ध रहेको देखाउने बताएका छन्। भिक्टोरियाको अदालतले गुगलद्वारा अघिल्लो वर्षको फैसला उल्ट्याउन दिइएको याचिका अस्विकार गरेको छ।

प्रकाशित: १० माघ २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Unorganized telephone, internet and TV wires to be managed within two weeks

  • Technology Khabar
  • १० माघ २०७८, सोमबार