आर्कफक्सले ह्वावेको प्रविधि र उपकरण प्रयोग गरेर लक्जरी विद्युतीय कार बनाउने

  • Technology Khabar | २७ चैत्र २०७७, शुक्रबार
आर्कफक्सले ह्वावेको प्रविधि र उपकरण प्रयोग गरेर लक्जरी विद्युतीय कार बनाउने

काठमाडौं ।

चिनियाँ कार कम्पनी आर्कफक्सले ह्वावेको प्रविधि र उपकरण प्रयोग गरेर लक्जरी विद्युतीय कार बनाउने भएको छ। ह्वावेको एचआई सिस्टममा स्मार्ट एचआईकार स्मार्ट डिस्प्लेका साथै लिडार प्रविधि र फाइभजी कनेक्टिभिटी रहेको छ जसले लेभर ३ को स्वचालित ड्राइभिङ सुविधा प्रदान गर्छ।

हालै यसको टिजर पोस्टर सार्वजनिक भएको छ।

आर्कफक्स अल्फा एस एचबीटी स्वचालिक विद्युतीय सवारीमा ह्वावेको एचआई सोल्युशन प्रयोग भएको पहिलो कार हो। एचबीटीको पूरा अर्थ ह्वावे ब्लुपार्क टुगेदर हुन्छ।

आर्कफक्स बनाउने चिनियाँ अटोमोबाइल कम्पनी बीएआईसी ब्लु पार्क न्यू एनर्जी टेक्नोलोजी ले विच्याटमा एउटा पोस्ट गर्दै यो कारको स्वचालित प्रणालीलाई कहिलेकाहीँ ड्राइभरको भरोसा चाहिन्छ।

आर्कफक्स अल्फाएस एचबीटी आगामी अप्रिल १७ मा शाङ्घाइ मोटर शोमा अन्य ३ ओटा कारहरुसँगै देखा पर्नेछ। ‘यो आर्कफक्स र ह्वावेको साझेदारीमा बनेको नेक्स्ट जेनेरेशन, इन्टेलिजेन्ट र पूर्ण रुपमा विद्युतीय लक्जरी सेडान हो’, कम्पनीका एक प्रवक्ताले भने।

ह्वावेका रोटेटिङ अध्यक्ष केन हुले गत हप्ता ह्वावेले आफ्नै ब्राण्डअन्तर्गत कुनै सवारी साधन नबनाउने पक्का गरेका थिए। बरु ह्वावे कार उत्पादकहरुसँग साझेदारी गरेर उनीहरुलाई विद्युतीय सवारीमा आवश्यक एचआई सिस्टम आपूर्ति गर्ने योजनामा रहेको छ।

अटोमोटिभ क्षेत्रका विश्लेषक झाङ सियाङका अनुसार अटो सेक्टरमा ह्वावेको रणनीति आपूर्तिकर्ताको रुपमै मात्र रहने हो।

प्रकाशित: २७ चैत्र २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

PUBG Mobile and Naruto Shippuden announces partnership with coming Version 4.5

  • Technology Khabar
  • २७ चैत्र २०७७, शुक्रबार