बोरड एप यट क्लबका सर्जकद्वारा एनएफटी मेटाभर्स बनाउन ४५ करोड डलर संकलन

  • Technology Khabar | ११ चैत्र २०७८, शुक्रबार
बोरड एप यट क्लबका सर्जकद्वारा एनएफटी मेटाभर्स बनाउन ४५ करोड डलर संकलन

काठमाडौं ।

बोरड एप यट क्लबको मूल कम्पनी युग ल्याब्सले एनएफटी मेटाभर्स निर्माणका लागि ४५ करोड डलर संकलन गरेको छ।

बोरड एप यट क्लबको टोलीले उक्त संकलित रकम एनएफटीमा आधारित मिडिया साम्राज्य बनाउनमा प्रयोग गर्ने द भर्जले जनाएको छ। यसको शुरुवात कम्पनीले गेम तथ मेटाभर्स परियोजनाबाट गर्ने बताइएको छ।

उक्त टोलीले अदरसाइड नाम गरेको मेटाभर्स परियोजना बृहत् एनएफटी क्षेत्रलाई जोड्ने एउटा एमएमओआरपीजी भएको बताएको छ।

उनीहरुले गेममा आधारित अन्तरसञ्चालनीय विश्व बनाउने अपेक्षा गरेका छन् जुन पूर्ण रुपमा विकेन्द्रिकृत हुने गर्डन गनर नामले चिनिने बोरड एप यट क्लबका सह-संस्थापक वाइली एरोनावलाई उद्धृत गर्दै द भर्जले उल्लेख गरेको छ।

यो घोषणा युग ल्याब्सले एनएफटी क्षेत्रलाई एकत्रित गर्ने उद्देश्यले लार्भा ल्याब्सबाट क्रिप्टोपंक्स तथा मीबिट्सकव स्वामित्व लिएको एक हप्तापछि आएको हो।

प्रकाशित: ११ चैत्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार