जाजरकोट जिल्लामा ई–पासपोर्ट बनाउन सुरु

  • Technology Khabar | ११ चैत्र २०७८, शुक्रबार
जाजरकोट जिल्लामा ई–पासपोर्ट बनाउन सुरु

काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटले जिल्लाबाटै विद्युतीय राहदानी (ई–पासपोर्ट) बनाउन सुरु गरेको छ। सर्वसाधारणको सहजताका लागि जिल्लाबाटै उक्त सेवाको सुरुवात गरिएको हो।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले राहदानीका लागि काठमाडौँ जानुपर्ने बाध्यता हल गर्न ई–पासपोर्टको अवधारणा ल्याइएको जानकारी दिए।

विद्युतीय राहदानीका लागि जिल्ला प्रशासन कार्यालयबाट अनलाइन फर्म भर्ने र कागजात सिस्टममा अपलोड गर्नुपर्ने हुन्छ। कागजातमा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको छ। विद्युतीय राहदानी दर्ताका लागि सेवाग्राही आफैँले पनि अनलाइन दर्ता गर्न सक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

लामो समयसम्म प्रयोगमा रहेको हस्तलिखित पासपोर्टलाई विस्थापित गरेर एमआरपी लागू गरेको र त्यसको झन्डै ११ वर्षपछि ई–पासपोर्ट प्रयोगमा ल्याइएको हो।

प्रकाशित: ११ चैत्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Lumbini Tech partners Upcode Nepal for Smart City Tech ecosystem

  • Technology Khabar
  • ११ चैत्र २०७८, शुक्रबार