हेलो सरकारमा आज एकै दिन ७२७ गुनासा दर्ता

  • Technology Khabar | १८ आश्विन २०८३, आईतवार
हेलो सरकारमा आज एकै दिन ७२७ गुनासा दर्ता

काठमाडौं ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको ‘हेलो सरकार’मा एकै दिन ७२७ वटा गुनासा दर्ता भएका छन्।

हेलो सरकारले सार्वजनिक गरेको असोज १८ गतेको दैनिक रिपोर्टअनुसार दर्ता भएका गुनासामध्ये ६९९ वटा समाधानका लागि सम्बन्धित निकायमा पठाइएको छ। यस्तै, पाँचवटा गुनासो पोर्टलमार्फत समाधान गरिएको रिपोर्टमा उल्लेख छ।

फोनबाट २५८ वटा गुनासा प्राप्त भएका थिए भने २७ वटा गुनासो फोनमार्फत व्यवस्थापन गरिएको थियो। हेलो सरकारले प्रस्तुत तथ्यांकमा नयाँ विवरणसँगै व्यवस्थापन हुन बाँकी पुराना गुनासाहरू समेत समेटिएको जनाएको छ।

हेलो सरकारमार्फत नागरिकले ‘gunaso.opmcm.gov.np’ मा गएर अनलाइन गुनासो दर्ता गर्न सक्ने व्यवस्था छ। साथै, निःशुल्क फोन नम्बर ११११ मार्फत पनि गुनासो दर्ता गर्न सकिन्छ।

प्रकाशित: १८ आश्विन २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...