काठमाडौं ।
लर्डबुद्ध एजुकेशन फाउण्डेशन (एलबीईएफ) मा करियर र नवप्रवर्तन सम्वन्धी ‘प्रविधि मेला शुरु भएको छ। प्रविधि, करियर र नवप्रवर्तनलाई एउटै थलोमा ल्याउने उद्देश्यले मेलाको आयोजना गरिएको हो।
सीएसआईटी एसोसिएसन अफ नेपाल (सीएसआईटीएएन) आयोजक रहेको यस मेला एलबीईएफ (द फस्र्ट आईटी कलेज अफ नेपाल) मा भोलीसम्म चल्ने छ। मेलामा विद्यार्थी, युवा, प्रविधि व्यवसायी, उद्यमी र रोजगारदाताको सहभागिता रहेको लबीईएफ कलेजले जनाएको छ।
मेलामा विद्यार्थी, आइटी उद्यमी तथा अभिभावक र समुदायबीच सहकार्य बढाउनु, सिप र अवसरलाई जोड्नु तथा नेपालको डिजिटल भविश्यका लागि सक्षम जनशक्ति तयार पार्नु रहेको एलबीईएफका अध्यक्ष इन्जिनियर पंकज जालानले जानकारी दिए। अध्यक्ष जालानले मुलुकलाई प्रविधिमैत्री बनाउन एवं विद्यार्थीहरुलाई स्वदेशमै रोजगारमुलक बनाउन कार्यक्रम आयोजना गरिएको बताए।
नेपालको प्रविधिलाई विदेशमा बेचेर आर्थिक उन्नती गर्ने बेला भईसकेको र सोही अनुसारको जनशक्ति आजको आवश्यक्ता रहेको जालानको भनाई छ। बजारको माग अनुसारको आईटी शिक्षा अवको आवश्यक्ता रहेको अध्यक्ष जालानले बताएका छन्।
भोलीसम्म चल्ने मेलामा सहभागीले करियर मार्गदर्शन, नवीन विचार प्रस्तुति, मेन्टरसँगको अन्तरक्रिया, प्राविधिक सिर्जना र नेटवर्किङका अवसर पाउनेछन्।
मेलामा क्रिएटिभ क्ल्यास, बिल्ड ब्याटल, क्याप्चर द फ्ल्याग (सीटीएफ), क्ल्यास रोयाल र इफुटबल गरी पाँच प्रतियोगिता आयोजना गरिएको छ। प्रतियोगिताको कुल पुरस्कार पूल इन–किन्ड समेत गरी २ लाख ६७ हजार रुपैयाँ रहेको आयोजकले जनाएका छन्।
प्रकाशित: १८ आश्विन २०८३, आईतवार