रोयटर्सले रुसी समाचार संस्था तासलाई ‘कन्टेन्ट मार्केटप्लेस’ बाट हटायो

  • Technology Khabar | १० चैत्र २०७८, बिहीबार
रोयटर्सले रुसी समाचार संस्था तासलाई ‘कन्टेन्ट मार्केटप्लेस’ बाट हटायो

काठमाडौं ।

रोयटर्सले आफ्नो सामग्री बजार अर्थात् कन्टेन्ट मार्केटप्लेसको सूचीबाट रुसी समाचार संस्था तासलाई हटाएको छ।

तासलाई आफ्ना ग्राहकहरुका लागि बिजनेस-टू-बिजनेस मार्केटप्लेसबाट हटाएको रोयटर्सले हालै आफ्ना कर्मचारीहरुलाई परिपत्रमार्फत् जानकारी गराएको हो।

यस्तो निर्णय गर्नुको पछाडि रुसको सरकारी समाचार संस्थाले हाल यूक्रेन युद्धका बारेमा गरिएको चित्रण रहेको रोयटर्सले जनाएको छ।

‘तासका सामग्री रोयटर्स कनेक्टमा उपलब्ध गराइरहनु थम्सन रोयटर्स ट्रस्ट प्रिन्सिपल अनुरुप नभएको हाम्रो विश्वास छ’,रोयटर्सका अन्तरिम सीईओ म्याथ्यू कीनले बुधबार कर्यालयको आन्तरिक कर्मचारीलाई दिइएको परिपत्रमा उल्लेख गरेका छन्।

दोस्रो विश्व युद्ध चलिरहेको बेला सन् १९४१ मा बनाइएको रोयटर्स ट्रस्ट प्रिन्सिपल्सले रोयटर्सलाई नैतिकता, स्वतनत्रता तथा पक्षपातमुक्त हिसाबले काम गर्न निर्देश गर्दछ।

तासले भने यस सम्बन्धमा टिप्पणी गर्न नमानेको रोयटर्सले जानएको छ।

प्रकाशित: १० चैत्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...