मोटोरोलाको आउँदै गरेको १२५ वाट चार्जरको झलक बाहिरियो

  • Technology Khabar | १० चैत्र २०७८, बिहीबार
मोटोरोलाको आउँदै गरेको १२५ वाट चार्जरको झलक बाहिरियो

काठमाडौं ।

मोटोरोलाले आफ्नो आउँदै गरेको १२५वाट फास्ट चार्जरको झलक बाहिर ल्याएको छ।

कम्पनीले आफैं १२५ वाट फास्ट चार्जर विकास गर्नुको पछाडि आफ्ना फ्ल्यागशिप एज ३० प्रो तथा एज ३० अल्ट्रामा ६८ वाटको मात्र फास्ट चार्जिङ भएकाले अब आउने फोनहरुमा यो क्षमता पर्याप्त हुने नदेखेकोले भएको जीएसएमएरिनाले जनाएको छ।

हालै उक्त एडप्टर चीनमा लेनोभो मोबाइल फोन बिजनेस डिपार्टमेन्टका महाप्रबन्धक चेन जिनले आफ्नो वेबो एकाउन्टमा सार्वजनिक गरेका हुन्।

जिनले उक्त एडप्टरको फोटो पोस्ट गर्दै यसको तौल १३० ग्राम मात्र रहेको र यो सोही क्षमताको अन्य चार्जरको तुलनामा निकै कम भएको पनि उल्लेख गरेका छन्।

हाल १२५ वाट वा त्योभन्दा माथिको फास्ट चार्जिङ क्षमता दिने होडबाजीमा कम्तीमा पाँच ओटा ब्रान्ड हुनसक्ने बुझिएको छ।

यो सूचीमा रहेकामध्ये शाओमीको चार्जरकझ तौल १९५ ग्राम तथा भिभोको २१० ग्राम रहेको जीएसएमएरिनाले जनाएको छ।

प्रकाशित: १० चैत्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...