
काठमाडौं ।
जीबोर्डले सबै एन्ड्रोइड डिभाइसका लागि ग्रामर चेक उपलब्ध गराएको छ। यसबाहेक यो एपले पिक्सेलका लागि नयाँ टेक्स्ट स्टिकर पनि ल्याएको छ।
नयाँ अपडेटसँगै एन्ड्रोइडका लागि जीबोर्डले ग्रामर चेक नामक फिचर दिन लागेको हो जसले ग्रामर्लीले झैं मेसेजमा रहेका व्याकरणीय अशुद्धता पत्ता लगाएर तिनीहरुलाई सच्याउने र सुझाव दिने गर्दछन्।
जीबोर्डले कुनै व्याकरणीय गल्ती भेटेमा यसले उक्त क्षेत्रलाई नीलो रंगले अन्डरलाइन गर्दछ। यो फिचर आवश्यक नभए जीबोर्डको सेटिङ्स मेनुमा गएर बन्द पनि गर्न सकिन्छ।
यो फिचर पहिले पिक्सेल ६ तथा अन्य गुगलका फोनहरुमा गत वर्षदेखि उपलब्ध थियो। अब भने सोही फिचर सबै एन्ड्रोइड फोनहरुमा विस्तार हुन लागेको ९टू५गुगलले जनाएको छ।
यसबाहेक गुगलले आफ्नो ईमोजी किचेन फिचरलाई पनि विस्तार गर्ने आधिकारिक घोषणा गरेको छ। यो दुई चरणमा उपलब्ध हुने र पहिलोमा किचेनमा बर्गर, प्रेजेल तथा स्पार्कल ईमोजीलगायत २ हजारभन्दा बढी नयाँ माशअप रहनेछन्।
प्रकाशित: २९ फाल्गुन २०७८, आईतवार