
काठमाडौं ।
काठमाडौं, ५ कातिक । जोरपाटी स्थित हामीनिटले यहि कार्तिक ५ गतेदेखि ७ गतेसम्म तीन दिन ऊनी पश्मिना, कटन तथा बिभिन्न प्रकारका कलेक्सनहरुको बृहत प्रदर्शनी तथा बिक्री मेला आयोजना गर्ने भएको छ । हामीनिटले महिला तथा पुरुषहरुका लागि ऊलन कपडाहरु, स्वेइटर, पञ्जा, टि–शर्ट, टोपी, मफलर, सल लगायत बिभिन्न आकर्षक डिजाईनका पहिरनहरु नेपालमै उत्पादन गरी बृहत प्रदर्शनी तथा बिक्री मेला गर्न लागेको हो ।
हामीनिट ब्राण्डले नजिकिदैं गरेको जाडो यामलाई मध्येनजर गरि आम नेपालीका माझमा आफुलाई परिचित गराउदै लैजाने उद्देश्यका साथ आफ्ना उत्पादनहरुको प्रदर्शनी तथा बिक्री मेला आयोजना गरिएको कम्पनीका प्रबन्ध निर्देशक शान्ता बुढाथोकीले बताईन् । उनले मेलामा रु. २००/– देखि रु. २,०००/– सम्मका कपडाहरु विशेष छुट गरि प्रदर्शनीमा राख्न लागिएको जानकारी दिईन् ।
हामीनिटका के.एल.टावर चुच्चेपाटी र जोरपाटी टेलिकम पछाडी गरि दुईवटा आउटलेट संचालनमा छन । साथै छिट्टै नै शान्ता प्लाजा ज्ञानेश्वर र बौद्ध मार्ट, बौद्धमा पनि आउटलेट संचालन गर्ने जानकारी दिएको छ ।
प्रकाशित: ५ कार्तिक २०७३, शुक्रबार