नाबालिकाको अश्लील तस्बिर र स्टाटस सामाजिक सञ्जालमा पोस्ट गर्ने व्यक्ति पक्राऊ

  • Technology Khabar | २३ फाल्गुन २०७८, सोमबार
नाबालिकाको अश्लील तस्बिर र स्टाटस सामाजिक सञ्जालमा पोस्ट गर्ने व्यक्ति पक्राऊ

काठमाडौं ।

सामाजिक सञ्जालमा नाबालिकाको अश्लील तस्बिर पोस्ट गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राऊ गरेको छ।

पक्राऊ पर्नेमा ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका २१ स्थायी घर भएका दिपु भनिने विकास महर्जन रहेको नेपाल प्रहरीको साइबर ब्यूरोले विज्ञप्तिमा जनाएको छ।

पक्राउ परेका महर्जनले नाबालिकाको अश्लील तस्बिरका साथमा अश्लील स्टाटस पनि सामाजिक सञ्जालमा पोस्ट गरेकाले उक्त कार्य विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा पर्ने भएकाले गत अदालतको आदेशमा गत २२ गते पक्राउ गरी ५ दिन म्याद थप गरिएको ब्यूरोले जनाएको छ।

प्रकाशित: २३ फाल्गुन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...