ईएले रुसी फुटबल टिमलाई फिफा र एनएचएल गेम्सबाट हटाउने

  • Technology Khabar | १९ फाल्गुन २०७८, बिहीबार
ईएले रुसी फुटबल टिमलाई फिफा र एनएचएल गेम्सबाट हटाउने

काठमाडौं ।

इलेक्ट्रोनिक आर्ट्स अर्थात् ईए गेम्सले हालै रुसी राष्ट्रिय टोली तथा पेशेवर क्लबहरुलाई आफ्नो स्पोर्ट्स गेम्सबाट हटाउने भएको छ।

यो सूचीमा एनएचएल २२, फिफा २२, फिफा अनलाइन तथा फिफा मोबाइल गेमहरु समावेश छन्।

यी गेमहरुबाट ती टिमहरु कहिले निकालिनेछन् भन्ने यकिन नभए पनि पब्लिशरले यसको प्रक्रिया थालिसकेको द भर्जले उल्लेख गरेको छ।

फिफा तथा यूईएफएमा रहेका आफ्ना साझेदारहरु तथा आईआईएचएफको आशय अनुरुप यो निर्णय गरिएको ईएले प्रस्ट पारेको छ।

वैश्विक र यूरोपेली फुटबाल तथा अन्तरराष्ट्रिय हकीका नियामक संस्थाहरुले हालै रुसी टोलीलाई अर्को सूचना जारी नभएसम्मका लागि सबै प्रकारका प्रतियोगिताहरुमा प्रतिबन्ध लगाएको घोषणा गरिसकेका छन्।

रुसी टोलीबाहेक एनएचएल २२ ले बेलारुसका क्लबहरुलाई पनि प्रतिबन्ध लगाउने भएको छ। यो निर्णय यीमध्ये कुनै पनि खेलमा रुसी खेलाडीको सहभागितालाई प्रभाव पार्नका लागि नल्याइएको पनि नियामकलाई उद्धृत गर्दै द भर्जले लेखेको छ।

प्रकाशित: १९ फाल्गुन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...