
काठमाडौं ।
अमेजन डटकम इंकले यूक्रेनमा साइबर सुरक्षाका क्षेत्रमा काम गरिरहेका हरुलाई बन्दोबस्तीका सामान उपलब्ध गराइरहेको छ।
कम्पनीले साइबर सुरक्षाका क्षेत्रमा विज्ञता भएका र यूक्रेन सरकार तथा अन्य कम्पनीलाई सहयोग गरिरहेकाहरुलाई आवश्यक मात्रमा यस्ता सामग्री उपलब्ध गराइएको कम्पनीको सीईओ एन्डी ज्यास्सीले बुधबार ट्विटरमार्फत् जानकारी दिएका रोयटर्सले जनाएको छ।
‘अमेजन यूक्रेनका जनताहरुको पक्षमा उभिएको छ र उनीहरुलाई सहयोग गरिरहनेछ’, रुसले स्पेसल अपरेशन नाम दिएर यूक्रेनमाथि गरेको हमलालाई लक्षित गर्दै ज्यास्सीले भने।
यस अघि यसै हप्ता मानवीय कार्यका लागि १ करोड डलर दिने घोषणा गरेको अमेजन यूक्रेनका लागि सहायता परिचालन गर्नेमध्येको पछिल्लो कम्पनी बनेको छ।
प्रकाशित: १९ फाल्गुन २०७८, बिहीबार