एप्पलद्वारा मार्च ८ मा ‘पीक पर्फर्मेन्स’ इभेन्टको घोषणा

  • Technology Khabar | १९ फाल्गुन २०७८, बिहीबार
एप्पलद्वारा मार्च ८ मा ‘पीक पर्फर्मेन्स’ इभेन्टको घोषणा

काठमाडौं ।

अमेरिकी टेक जायन्ट एप्पलले आगामी मार्च ८ का दिन एउटा इभेन्टको घोषणा गरेको छ।

यो इभेन्ट प्यासिफिक टाइमअनुसार बिहान १० बजे आयोजना गरिने जीएसएमएरिनाले जनाएको छ।

यो इभेन्ट प्रत्यक्ष नभई रेकर्डेड हुने र यसलाई एप्पलको वेबसाइट तथा यूट्युबबाट स्ट्रिम गरिने बुझिएको छ।

‘पीक पर्फर्मेन्स’ नाम दिइएको मार्च ८ को इभेन्टमा नयाँ आईफोन एसई मोडल सार्वजनिक हुन सक्ने अपेक्षा गरिएको छ।

यो नयाँ मोडलको डिजाइन हाल चलिरहेको एसई मोडलको जस्तै हुने तर यसमा द्रुत प्रोसेसर, सुधारिएको क्यामरा तथा फाइभजी कनेक्टिभिटी थप गरिएको हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।

यसबाहेक यो इभेन्टमा सन् २०२० मा सार्वजनिक भएको आईप्याड एयरको अपडेटेड भर्सन पनि आउने आकलन गरिएको छ।

यो मोडलमा पहिलेको तुलनामा द्रुत प्रोसेसर तथा फाइभजी कनेक्टिभिटी पनि रहने अपेक्षा गरिएको छ।

हाल चलेका चर्चा अनुसार यसमा मास्क लगाएरै डिभाइस अनलक गर्न मिल्ने आईओएस १५.४ राखिएको हुनेछ।

आकलनकै सिलसिलामा एप्पल सिलिकनयुक्त नयाँ म्याक मोडल आउने पनि बताइएको छ।

प्रकाशित: १९ फाल्गुन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार