
काठमाडौं ।
काठमाडौं, १६ असोज । एलोकाकोक (Allocacoc) ब्राण्डका सामाग्रीहरुको नेपालका लागि बितरक सामी ट्रेडर्सले विभिन्न सामाग्रीहरुको खरिदमा छुट अफर ल्याएको छ । कम्पनीले दशैंको अवसर पारेर विभिन्न उत्पादनहरुमा कम्बो र डिस्काउन्ट अफर ल्याएको हो ।
सामी ट्रेडर्सले दशैं धमाका योजनाअन्तर्गतको अफरमा अडियोक्यूब ह्वाइटका साथमा पावरक्यूब ओरिजिनल यूएसबीको मूल्य रु. ७,५००/-, अडियोक्यूब उडेनका साथमा पावरक्यूब ओरिजिलन रिमोट सेटको मूल्य रु. ९,५००/- तोकेको छ । 
त्यसैगरी पावरक्यूब यूएसबी ओरिजिलनका साथमा यूएसबी केबलको मूल्य रु. १,४५०/- तोकेको छ भने पावर यूएसबी हब पोर्टेबलका साथमा यूएसबी केबलको मूल्य रु. २,५०० तोकेको छ ।
कम्पनीले एलोकाकोक ब्राण्डको पावर यूएसबी हबका साथमा यूएसबी केबलको मूल्य रु. १,५००/- तोकेको छ ।
एलोकाकोक ब्राण्डका यी सामाग्रीहरुको कम्बो अफर दशैंको अवधिभर मात्र लागू हुने कम्पनीले जनाएको छ । कम्पनीले रु. १५०० भन्दा बढिको मूल्यका सामाग्रीहरुको खरिदमा निशुल्क डेलिभरी दिने तथा रु. २,५००/- भन्दा माथिको मूल्यमा १० प्रतिशतसम्म छुट दिने जनाएको छ ।
एलोकाकोक ब्राण्डका विभिन्न दशैं अफर तथा छुटको लागी यो पेजबाट अर्डर गर्न सकिनेछ ।
प्रकाशित: १६ आश्विन २०७३, आईतवार