Technology Khabar १२ आश्विन २०७३, बुधबार
काठमाडौं ।
काठमाडौं, १२ असोज । स्मार्टफोनको चर्चित गेम मध्येको एक फ्रुट निन्जा (Fruit Ninja) अब ठूलो स्क्रीनमा आउने भएको छ । फ्रुट निन्जा गेम अब ठूलो पर्दामा सिनेमाको रुपमा आउन लागेको हो ।
सिनेमा निर्माण गर्ने कम्पनी न्यू लाइन सिनेमाले फ्रुट निन्जाको ब्राण्डको अधिकार लिएको छ भने सिनेमाको स्क्रीप्टको लागि आब्हान गरेको छ ।
फ्रुट निन्जाको सहि स्क्रीप्ट जे. पी. लाभिन तथा चाड डामिआनीले तयार पारेका थिए, जसले “हाउ टू सर्भाइभ अ गार्डेन गोम अट्याक” नामक सोनी एनिमेसन बुक एडप्टेसन लेखेका थिए । नयाँ सिनेमा “रिभोल्भ अराउण्ड अ टिम अफ मिसफिट्स हु आर रिक्रुटेड टू बिकम फ्रुट निन्जाज, इन अर्डर टू सेभ दि वल्र्ड” नाममा आउनेछ ।
यसअघि नै चर्चित मोबाइल गेम एग्रिं बर्डस (Angry Birds) ले सिनेमाको रुपमा ३०० मिलियन अमेरिकी डलर कमाएको थियो ।
प्रकाशित: १२ आश्विन २०७३, बुधबार