अटो निर्माता गीलीले किन किन्न खोज्दैछ स्मार्टफोन कम्पनी मेइजुलाई?

  • Technology Khabar | २४ माघ २०७८, सोमबार
अटो निर्माता गीलीले किन किन्न खोज्दैछ स्मार्टफोन कम्पनी मेइजुलाई?

काठमाडौं ।

चीनको अटो निर्माता गीलीले चिनियाँ स्मार्टफोन कम्पनी मेइजुको स्वामित्व ग्रहण गर्ने भएको छ।

उक्त जानकारी हालै आपूर्तिकर्तासम्बद्ध स्रोतमार्फत् बाहिरिएको हो। गीलीले स्मार्टफोन निर्माणमा चासो देखाएको यो पहिलो पटक भने होइन।

तर अटो निर्मातालाई ह्याण्डसेटजस्ता कन्जुमर इलेक्ट्रोनिक्स बनाउन केही व्यवधान भने अवश्य नै छ।

शाओमीले विद्युतीय गाडी बनाउन इकाई स्थापना गरेपछि हाइ-इन्ड स्मार्टफोन उत्पादनका लागि गीलीका संस्थापक एरिक लिले हुबेई शिंगी शिदाई टेक्नोलोजी नामक क्मपनी स्थापना गरेका छन्।

स्मार्टफोन सेगमेन्टमा बजार हिस्सा पाउनु गीलीका लागि त्यति सहज नभएको डिजिटाइम्स डटकमले उल्लेख गरेको छ।

ओपो, भिभो, शाओमी तथा अनर जस्ता स्थानीय ब्रान्डहरु तथा एप्पल र सामसङजस्ता विदेशी ब्रान्डको वर्चस्व रहेको चिनियाँ स्मार्टफोन बजार निकै प्रतिस्पर्धात्मक छ।

स्मार्टफोन यसअघि नै अधिकांश प्रस्तावित आईओटी तथा आईओभी सोलुशनका गम्भीर नियन्त्रण तथा अनुगमन गर्ने उपकरणका रुपमा देखिइसकेका छन्।

डिजिटाइम्सका अनुसार केही समयमा टेस्लाले पनि स्मार्टफोन निर्माणमा हात नहाल्ला भन्न सकिन्न।

प्रकाशित: २४ माघ २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार