Technology Khabar १ भाद्र २०७३, बुधबार
काठमाडौं ।
काठमाडौँ, १ भदौ बजाजको अधिकृत विक्रेता हंसराज हुलासचंदले आफनो ग्राहकहरुमा लागि नयाँ योजना–पल्सर डेयरभेन्चरको दोस्रो सिजन–सार्वजनिक गरेको छ ।
डेयरभेन्चर बजाजले आयोजना गरेको नेपालको पहिलो बाइक रियालिटि शो हो । डेयरभेन्चर रियालिटि सो २०१४ मा सुरु भएको थियो ।
यस योजनामा १० साहसी प्रतियोगीहरुले पल्सर बाइकमा “अन–अफ रोड” हुँदै एउटा साहसिक राइडमा जाने मौका पाउनेछन् । यस प्रतियोगीतामा सामेल हुनका लागि प्रतियोगीहरुले शुरुवातमा नै निकै तालिमहरु लिनुपर्ने हुन्छ । हंसराज हुलासचंदले पहिलो पुरस्कार विजेताले रु. १० लाख र पल्सर एनएस, दोस्रो पुरस्कार विजेताले रु.५ लाख र पल्सर एनएस र तेस्रो पुरस्कार विजेताले पल्सर एनएस पाउने घोषणा गरेको छ । राइडकै क्रममा प्रतियोगीहरुले अन्य वर्गमा पनि आकर्षक उपहारहरु जित्ने मौका पाउनेछन् ।
प्रतियोगीहरुले एनएमवि बैंकको कुनै पनि शाखामा रु. ५००/- तिरेर आफ्नो नाम दर्ता गराउनु पर्ने छ । हरेक नाम दर्ता गरेका बाइकर्सहरुले पल्सर डेयरभेन्चर २ को अन्तिम १० मा छनौट हुन अडिसन, फिजिकल फिटनेस टेस्ट, अब्स्ट्याकल टेस्ट, मेडिकल टेस्ट र एटिट्युड टेस्ट पास गर्नु पर्नेछ । प्रतियोगीताका दौरान प्रतिस्पर्धिहरु काठमाडौँबाट शुरु भएर बनेपा, ओखलढुंगा हुँदै सोलुखम्बु र ताक्सिन्दू पुग्न पर्नेछ ।
कार्यक्रमका बारेमा बोल्दै एच.एच. बजाजका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, “पल्सर डेयरभेन्चर दोस्रो संकरणमा बाइक चलकहरुले कहिले नदेखेका र नभोगेका नेपालका बिभिन्न भौगोलिक रोमाञ्चकको आनन्दपूर्ण अनुभव बटुल्न पाउने छन् । हामीले पल्सर राइडरहरु जहिले पनि उत्साह र साहसिक कार्यसँग जोडिएको महशुस गरेका छौं ।”
प्रकाशित: १ भाद्र २०७३, बुधबार