
काठमाडौं ।
काठमाडौं, अर्घाखाँची सिमेन्ट प्रा.लि. ले आफ्नो उत्पादन क्षमता वृद्धि गरी ३,००० मेट्रिक टन प्रतिदिन पुर्याउने भएको छ ।
कम्पनीले लागि ४ अर्ब १३ करोड भन्दा बढीको लगानी थप गरी हालको १२०० मेट्रिक टन प्रतिदिन क्षमता वृद्धि गरी ३००० मेट्रिक टन प्रतिदिन पु¥याउने भएको छ ।
उद्योगको प्रवद्र्धकहरुले रु. १ अर्ब २४ करोड लगानी गर्ने र बाँकी रकम बैंकहरुबाट कर्जा स्वरुप लगानी गरिने छ । नबिल बैंकको अगुवाईमा अन्य ६ वटा बैंकले २ अर्ब ८९ करोडको लगानी गर्ने सम्झैता भएको छ । कर्जा लगानी गर्ने अन्य बैंकहरुमा नेपाल बैंक, एन. आइ.सि एसिया बैंक, ग्लोवल आइ.एम.ई बैंक ,प्राइम बैंक, सानिमा बैंक र सेन्चुरी बैंक रहेका छन् ।
सिद्धार्थ गु्रप, मुरारका अर्गनाइजेशन, केडिया अर्गनाइजेशन र भारतको उमा सिमेन्ट इन्टरनेशनलको संयुक्त लगानी रहेको अर्घाखाँची सिमेन्ट, यो क्षमता वृद्धिसँगै नेपालको सबै भन्दा ठूलो सिमेन्ट उद्योग बन्नेछ । यो क्षमता वृद्धि साँढे एक बर्ष सम्ममा पुरा गर्ने लक्ष्य रहेको छ ।
यसका लागि कम्पनीले विश्वको उच्च प्रविधिको FLsmith कम्पनीको VRM प्रविधिको मिल खरिद सम्झैता गरी प्रतितपत्र पनि खोली सकेको जानकारी कम्पनीले दिएको छ ।
अर्घाखाँर्ची सिमेन्ट प्रा.लि.का निर्देशक मनोज केडिया र नवील बैंकको सिईओ सशिन जोशीविच क्षमता वृद्धिको लागि लगानी थप गर्ने सम्झैता भएको कम्पनीले जनाएको छ ।
प्रकाशित: ३० श्रावण २०७३, आईतवार