
काठमाडौं ।
गुगलले आफ्नफ चिर-प्रतीक्षित पिक्सेल फोल्डेबल स्मार्टफोनको डिजाइन सार्वजनिक गरेको छ।
कम्पनीले यसको डिजाइन एन्ड्रोइड १२एल बिटा सार्वजनिक नहुँदै बाहिर ल्याएको हो।
केही समययता रुमर फैलाउनेहरुले गुगलको पिक्सेल फोल्डेबल फोनका बारेमा थुप्रै खालका चर्चाहरु सार्वजनिक गर्दै आएका छन्।
सर्च इन्जिन जायन्ट गुगलले भने अझसम्म फोल्डेबल फोन सार्वजनिक गर्नेबारेमा केही बताएको छैन।
तर अनलाइनहरुले भने गुगलले फोल्डेबल स्मार्टफोन ल्याउन लागेको कुरा लगभग पक्कपक्की नै गरिसकेका छन्।
तर यी रुमरहरु बाहेक यो ह्यान्डसेट अनलाइनमा आधिकारिक लीकजस्तै गरी थुप्रैपटक देखा परिसकेको छ। यसबाहेक यसै महिनाको शुरुमा पिपिट नाम दिइएको गुगल पिक्सेल फोल्ड स्मार्टफोन गीकबेन्चमा देखिएको थियो।
गीकबेन्च परीक्षणको स्कोरले यो फोनमा गुगलको टेन्सर चिप रहन सक्ने इंगित गरेको छ। गुगलले पिक्सेल फोल्डको ग्यालेक्सी जेड फोल्डको जस्तै डिजाइन गत वर्ष नै बाहिर ल्याएको थियो।
प्रकाशित: १ माघ २०७८, शनिबार