वर्ल्डलिङ्कको फ्री वाइफाइ हटस्पटमा ‘खल्ती’ प्रयोगकर्तालाई १०० जीबी फ्री वाइफाइ

  • Technology Khabar | २८ पुष २०७८, बुधबार
वर्ल्डलिङ्कको फ्री वाइफाइ हटस्पटमा ‘खल्ती’ प्रयोगकर्तालाई १०० जीबी फ्री वाइफाइ

काठमाडौं ।

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले “खल्ती मा १०० जीबी” अफर ल्याएको छ। यस अन्तर्गत ‘खल्ती’ प्रयोगकर्ताहरुले वर्ल्डलिंकका १४,००० हटस्पटहरुमा १०० जीबी फ्री वाईफाई ३० दिनको प्रयोग गर्न सक्नेछन्।

१०० जीबी फ्री वाईफाई एक्टिभेट गर्न अघि खल्ती प्रयोगकर्ताले वर्ल्डलिङ्कको फ्रि वाइफाइमा लागि रजिस्टर भने गरेको हुनुपर्नेछ। रजिस्टर गरे पश्चात खल्ती एपको ‘पपुलर सर्विसेस’ मा रहेको “खल्ती मा १०० जीबी” आइकनमा गई “गेट १०० जीबी फ्रि वाईफाई” मा ट्याप गरी एक्टिभेट गरेपछि आउँदो ३० दिनसम्म फ्रि वाईफाई प्रयोग गर्न सकिनेछ।

कम्पनीकाअनुसार प्रयोगकर्ताको दर्ता गरिएको खल्ती आईडी र वर्ल्डलिंक फ्री वाइफाइमा रजिस्टर्ड आईडी भने एउटै हुनुपर्नेछ। यो अफर पुस २७ देखि माघ २६ गतेसम्म लागु हुनेछ।

यस सुविधा मार्फत नेपालमा उपलब्ध भएको १४,००० भन्दा बढी ठाउँहरुबाट जुनसुकै समयमा पनि सजिलै इन्टरनेटको सुविधा प्राप्त हुने जनाएको छ।

प्रकाशित: २८ पुष २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Unorganized telephone, internet and TV wires to be managed within two weeks

  • Technology Khabar
  • २८ पुष २०७८, बुधबार