अटो निर्माताहरु हलुका कच्चा पदार्थतिर आकर्षित

  • Technology Khabar | २८ पुष २०७८, बुधबार
अटो निर्माताहरु हलुका कच्चा पदार्थतिर आकर्षित

काठमाडौं ।

नयाँ विद्युतीय कारहरुमा उच्च माइलेज तथा पावरका लागि हलुका कच्चा पदार्थ प्रयोग गर्न थालिएको छ।

यस्ता पदार्थ आपूर्तिकर्ताका अनुसार परम्परागत कारहरुमा प्रयोग भएका गह्रुङ्गा धातु तथा प्लास्टिकको ठाउँ अब म्याग्नेसियम अलोयले लिन थालेको छ।

वाफर जु टेङ तथा क्याचरजस्ता धातुका पार्टपुर्जा आपूर्तिकर्ताहरु निकै लामो समयदेखि कन्जुमर इलेक्ट्रोनिक गाडीहरुका च्यासिसको आपूर्तिकर्ता रहँदै आएका थिए।

विद्युतीय सवारीमा धेरै हलुका, बलियो तथा तापक्रमलाई व्यवस्थापन गर्नसक्ने कच्चा पदार्थ चाहिने भएकाले अलुमिनियम म्याग्नेसियम अलोयको माग निकै बढेको छ।

विद्युतीय कारहरुमा ठूला डिस्प्ले राखिएका हुन्छन्। परम्परागत कारहरुको तुलनामा कारका स्क्रीनहरु २-३ इन्चदेखि डोर-टू-डोर वा पानोरमिकमा जान थालिसकेका छन्।

. यस्ता स्क्रीनहरु सोनी तथा क्याडिलाकका नयाँ ईभी मोडलहरुमा रहेका सीईएस २०२२ मा प्रदर्शन गरिएको थियो।

कारमा ठूला स्क्रीन तथा अझ बढी कन्ट्रोल यूनिट इन्स्टल भएका कारमा मजबसती तथा तापक्रम व्यवस्थापनका लागि प्रेस्ड स्टील वा प्लास्टिकको तुलनामा म्याग्नेसियम अलोय बढी उपयोगी हुन्छ।

आपूर्तिकर्ताले म्याग्नेसियम अलोय भएका पार्टपुर्जा बनाउनका लागि सेमी-सलिड इन्जेक्शन वा थिक्सोमोल्डिङ प्रविधि उपयोगी हुने बताएका छन्।

प्रकाशित: २८ पुष २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Unorganized telephone, internet and TV wires to be managed within two weeks

  • Technology Khabar
  • २८ पुष २०७८, बुधबार