शाओमी १२ प्रो ले बनायो बिक्रीको नयाँ कीर्तिमान

  • Technology Khabar | १९ पुष २०७८, सोमबार
शाओमी १२ प्रो ले बनायो बिक्रीको नयाँ कीर्तिमान

काठमाडौं ।

चिनियाँ स्मार्टफोन जायन्ट शाओमीले केही दिन अघि सार्वजनिक गरेको शाओमी १२ प्रो स्मार्टफोनले बिक्रको रेकर्ड राखेको छ।

कम्पनीको पछिल्लो डिजिटल फ्ल्यागशिप सिरिजका रुपमा आएको शाओमी १२ प्रो को प्रि-सेल सार्वजनिक भएलगत्तै शुरु भएको थियो। तर यसको पहिलो आधिकारिक बिक्री भने गत शुक्रबार भएको थियो।

यो नतिजाले यसअघि एमआई ११ सिरिजले ५ मिनेटमा कायम गरेको ऐतिहासिक डेढ अर्ब यूआन् अर्थात् २३ करोड ६० लाख डलर बराबरको बिक्रीलाई उछिनेर नयाँ कीर्तिमान कायम गरेको हो।

शाओमी १२ प्रो मा स्न्यापड्रागन ८ जेन१ चिपसेट राखिएको छ भने यसमा दोस्रो जेनेरेशनको कम पावर खपत गर्ने विश्वकै पहिलो २के स्क्रीन राखिएको छ। यसबाहेक यो डिभाइसमा सोनीको आईएमएक्स७०७ सेन्सर तथा हर्मन कार्डन स्पीकर पनि उपलब्ध छ।

प्रकाशित: १९ पुष २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार