
काठमाडौं ।
आईफोनमा यस्ता थुप्रै फिचर हुन्छन् जुन सबैलाई थाहा नहुन सक्छ। यदि तपाईँ पनि आईफोन चलाउनुहुन्छ भने यहाँ व्याख्या गरिने केही गोप्य फिचरहरु तपाईँका लागि निकै उपयोगी सिद्ध हुन सक्छन्।
एप्पल कम्पनीले निकाल्दै आएको आईफोन आफ्ना विशेषता र भरपर्दो सेवाका लागि विश्वमै प्रसिद्ध छ।
अन्य स्मार्टफोनको तुलनामा केही महँगो पर्ने भए पनि यसले मूल्य अनुसारको सेवा सुविधा तथा यूजर अनुभव प्रदान गर्छन्।
कम्पनीले प्रयोगकर्ताको सुरक्षालाई मध्यनजर गर्दै यी फोनहरुमा थुप्रै विशेष फिचरहरु राखेका हुन्छन्। तर ती सबै फिचरहरुका बारेमा प्रयोगकर्तालाई थाहा नहुन सक्छ।
यिनै धेरै फिचरमध्ये सबैलाई थाहा नहुने एउटा गोप्य फिचरका बारेमा तल व्याख्या गरिँदैछ।
जासूसी गर्न सकिन्छ
आईफोनमा एउटा यस्तो फिचर दिइएको छ जसका माध्यमबाट प्रयोगकर्ताले एउटा कोठामा भइरहेको कुरा अर्को कोठामा बसेर सुन्न सक्छन्। झट्ट सुन्दा अचम्म लाग्ने लाइभ लिसन नाम गरेको यो गोप्य फिचर आईफोन बाहर्क आईप्याड र आईपडमा पनि प्रयोग गर्न सकिन्छ।
यसरी काम गर्छ
यो फिचर विशेषगरी हल्लाखल्ला भएको ठाउँमा आवाज राम्ररी सुनियोस् भन्ने उद्देश्यले कम्पनीले आईफोनमा राखेको हो। तर यसलाई अरुमाथि नजर राख्न वा निगरानी गर्नका लागि पनि प्रयोग गर्न सकिन्छ।
यो फिचर प्रयोग गर्नका लागि सबैभन्दा पहिला आफ्नो आईफोन, आईप्याड वा आईपडलाई आफूले कुराकारनी सुन्न चाहेको व्यक्तिहरु बसेको कोठामा छोड्नुपर्ने हुन्छ। उक्त डिभाइसले माइक्रोफोनका रुपमा काम गर्छ।
डिभाइसलाई कोठामा छोड्नुअगाडि दुई ओटा काम गर्नुपर्ने हुन्छ। पहिलो डिभाइसमा लाइभ लिसन फिचर अन गर्ने र अर्को भनेको उक्त डिभाइससँग एयरपड, एयरपड प्रो, एयरपड् म्याक्स, पावरबिट्स प्रो या बिट्स फिट प्रो जस्ता सुन्ने उपकरणहरु कनेक्ट गर्नुपर्छ।
यो फिचरले ब्लूटूथ कनेक्टिभिटीको रेन्ज जस्तै काम गर्छ।
यसरी अन गर्नुस् लाइभ लिसन
प्रकाशित: १० पुष २०७८, शनिबार