एचएमडीले केही बजारबाट आफ्नो व्यवसाय समेट्ने तयारी गर्दै

  • Technology Khabar | २ कार्तिक २०८३, आईतवार
एचएमडीले केही बजारबाट आफ्नो व्यवसाय समेट्ने तयारी गर्दै

काठमाडौं ।

एचएमडीले केही बजारबाट आफ्नो व्यवसाय समेट्ने तयारी गरिरहेको चर्चा सार्वजनिक भएको छ।

स्रोतका अनुसार कम्पनीले आफ्नो विश्वव्यापी उपकरण उत्पादनसमेत घटाउने योजना बनाएको हो।

एचएमडीले आफ्नो मुख्य ध्यान क्षेत्रीय बजार तथा व्यावसायिक र औद्योगिक क्षेत्रमा केन्द्रित गर्न लागेको बताइएको छ।

टेलिग्राफकोका अनुसार, जीएसएमएरिनाले उल्लेख गरेझैँ यस वर्ष एचएमडीले विश्वव्यापी रूपमा नयाँ उत्पादन सार्वजनिक नगर्न पनि सक्नेछ।

आगामी महिनाहरूमा कम्पनीले आफ्ना उपकरणहरू सबै बजारमा एकैपटक सार्वजनिक गर्नुको सट्टा निश्चित बजारलाई लक्षित गरी छुट्टाछुट्टै रूपमा सार्वजनिक गर्न सक्ने सम्भावना रहेको छ।

हालसम्म यो पुष्टि नभएको अफवाह मात्र भएकाले यसलाई आधिकारिक जानकारीका रूपमा लिन नमिल्ने टेलिग्राफले उल्लेख गरेको छ।

स्मार्टफोन बिक्रीमा एचएमडीको प्रदर्शन अपेक्षाअनुसार राम्रो हुन नसकेको देखिएको छ। कम्पनीको बेसिक फोन व्यवसायको भविष्यसमेत चुनौतीपूर्ण हुन सक्ने अनुमान गरिएको छ। यस्ता फोन खरिद गर्ने उपभोक्ताको संख्या प्रत्येक वर्ष घट्दै गएकाले यस व्यवसायको बजार क्रमशः साँघुरिँदै गएको बताइएको छ।

प्रकाशित: २ कार्तिक २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...