सामाजिक सञ्जाल ट्विटरलाई रुसमा ३० लाख रुबल जरिवाना

  • Technology Khabar | ९ पुष २०७८, शुक्रबार
सामाजिक सञ्जाल ट्विटरलाई रुसमा ३० लाख रुबल जरिवाना

काठमाडौं ।

रुसको मस्को स्थित एक अदालतले सामाजिक सञ्जाल ट्विटरलाई ३० लाख रूबल अर्थात् करिब ४० हजार ९२० अमेरिकी डलर जरिवाना लगाएको छ।मस्कोको ट्यागान्स्की जिल्ला अदालतले अमेरिकी टेक कम्पनीलाई सो जरिवाना गरेको बताएको हो।

रसियाले अवैध ठानेको सामग्री आफ्नो प्लेटफर्मबाट मेटाउन असफल भएको भन्दै अदालतले जरिवाना तिराएको हो।

उता ट्विटरले अवैध व्यवहारलाई बढावा दिने किसिमको कार्य नगरेको बताएको छ। ट्विटरले यसको प्लेटफर्म प्रयोग गरेर अवैध व्यवहारलाई बढावा नदिएको जिकिर गरेको छ।

अदालतले यस अघि पनि माइक्रोसफ्ट अन्तर्गतको सफ्टवेयर विकास वेबसाइट गीटहबलाई पनि यही किसिमको अपराधको लागि १ मिलियन रूबल जरिवाना लगाएको थियो। त्यसैगरी केहि दिन अगाडी मेटाको फेसबुकलाई समेत जरिवाना गरेको थियो।

मस्कोले यस वर्ष बिग टेकहरुमा एक अभियान जस्तैगरी दबाब बढाएको छ, जसलाई आलोचकहरूले रूसी अधिकारीहरूले इन्टरनेटमा कडा नियन्त्रण गर्ने प्रयासको रूपमा चित्रण गरेका छन्।

प्रकाशित: ९ पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार