
काठमाडौं ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्डको २०२१’ को लागि डिशहोम फाईबरनेटले सहकार्य गरेको छ।
छैटौं संस्करणको आइसिटी अवार्डको पवार्ड बाई स्पोन्सरमा डिशहोम फाईबरनेटले सहकार्य गरेको हो।
यससँगै आइसिटी अवार्ड २०२१ का विजेताहरूले नेपालको सबैभन्दा ठूलो र प्रतिष्ठित आइसिटी अवार्डको सम्मान प्राप्त गर्ने भने डिशहोम फाईबरनेटले विजेता १५ जनालाई २५ एमविपिएस ईन्टरनेट प्रदान गर्ने जनाएको छ।
प्रकाशित: २९ मंसिर २०७८, बुधबार