Technology Khabar २२ असार २०७३, बुधबार
काठमाडौं ।
काठमाडौं, २२ असार । भ्वाइस कलिंग फिचर भएको ट्याबलेट स्वाइपले सार्वजनिक गरेको छ । स्वाइपले बजेट सिरिजमा नयाँ ट्याबलेट भारतीय बजारमा सार्वजनिक गरेको हो ।
स्वाइप एक्स ७०३ (Swipe X703) ट्याब सेतो कलरमा अनलाइन सपिंग साइट स्न्यापडीलमा मात्र उपलब्ध हुनेछ । यो ट्याबमा एन्ड्रोयडको ललीपप ५.१ भर्सन राखिएको छ भने १.३ गीगाहर्जको मिडिया टेक क्वाड-कोर प्रोसेसर राखिएको छ । यसको विशेषता भनेको ड्यूल सिम स्लटमा भ्वाइस कल हो ।
बजेट ट्याबलेटको रुपमा आएको स्वाइप एक्स ७०३ को स्क्रीन १०.१ इन्चको रहेको छ जसको रिजोल्यूशन १२८०x८०० पिक्सेलको छ । यसमा ५ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ । यो ट्याबमा ८ जीबीको स्टोरेज राखिएको छ, जसलाई बढाएर ३२ जीबीसम्म पुर्याउन सकिन्छ ।
स्वाइपको यो ट्याबलेटमा ६,००० एमएएचको शक्तिशाली ब्याट्री राखिएको छ, जसले ६ घण्टासम्म ट्याबमा गेम खेल्न तथा १५० घण्टासम्मको पावर ब्याकअप दिने बताईएको छ । यसमा कनेक्टिभिटीका लागि वाईफाई, ब्लूटूथ, जीपीएसलगायतका थप फीचर पनि छन् ।
भारतीय बजारमा स्वाइप एक्स ७०३ को मूल्य भारु ७,४९९ तोकिएको छ ।
प्रकाशित: २२ असार २०७३, बुधबार