गेमिङ कन्सोलका लागि क्वालकमको स्न्यापड्रागन जी३एक्स जेन१ चिपसेट सार्वजनिक

  • Technology Khabar | १६ मंसिर २०७८, बिहीबार
गेमिङ कन्सोलका लागि क्वालकमको स्न्यापड्रागन जी३एक्स जेन१ चिपसेट सार्वजनिक

काठमाडौं ।

क्वालकमले हालै स्मार्टफोनका लागि नयाँ चिपसेट सार्वजनिक गरेलगत्तै हातमा लिएर गेम खेल्ने कन्सोलहरुका लागि पनि नयाँ चिपसेट उपलब्ध गराएको छ।

कम्पनीले हालै निन्टेन्डो स्विच, प्ले स्टेशन तथा एक्सबक्सजस्ता कन्सोलका लागि सार्वजनिक गरेको नयाँ चिपसेटको नाम स्न्यापड्रागन जी३एक्स जेन १ हो।

यसको हार्डवेयरका बारेमा धेरै विवरण बाहिर आइनसके पनि यसको सफ्टवेयर भने मोबाइलका लागि बनाइएका तथा ओक्युलस क्वेस्ट २ भीआर हेडसेटमा प्रयोग भएका स्न्यापड्रागन एक्सआर२ जस्ता चिपसेटमा आधारित रहेको बताइएको छ।

क्वालकमले डेभलपरहरुले पहिले आफूले एउटा सामग्री बनाएर दोस्रो चरणमा अन्य उपकरण निर्मातालाई गेमहरुका लागि कन्सोल निर्माण गर्न निमन्त्रणा दिन सकुन् भन्ने उद्देश्यले एउटा छुट्टै प्लेटफर्म प्रदान गर्न लागेको बताएको छ।

यसका लागि कम्पनीले गेमिङ गियर निर्माणमा राम्रो अनुभव भएको रेजरसँगको साझेदारीमा स्न्यापड्रागन जी३एक्स ह्यान्डहेल्ड डेभलपमेन्ट किट सिर्जना गर्ने भएको छ।

कम्पनीले यो डेभलपर किटलाई कन्जुमर डिभाइसका रुपमा बिक्री गर्ने लक्ष्य राखेको छैन। बरु यो एउटा डेभलपमेन्ट प्लेटफर्म भएकाले यसमा नमूना बनाएर पछि जी३एक्स चिपसहित नयाँ डिभाइस बनाउन भने सकिने कम्पनीको भनाइ छ।

प्रकाशित: १६ मंसिर २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...