
काठमाडौं ।
चिनियाँ नियामकहरुले राइड हेलिङ जायन्ड डीडी ग्लोबल इंकका उच्च अधिकारीहरुलाई न्यूयोर्क स्टक एक्सचेन्जको सूचीबाट हट्न निर्देशन दिएका छन्।
ब्लूमबर्गका अनुसार ती नियामकहरुले डाटा सुरक्षाका हिसाबले यस्तो निर्देशन दिएका हुन्।
चीनको प्रविधि क्षेत्रको नियामकले गम्भीर डाटा चुहिने डरका कारण डीडीको व्यवस्थापनलाई अमेरिकाको शेयर बजारबाट आफूलाई अलग्याउन निर्देशन दिएको उक्त मामिलासँग सम्बद्ध स्रोतले बताएको रोयटर्सले उल्लेख गरेको छ।
यस सम्बन्धमा डीडी वा चीनको नियामक संस्था साइबरस्पेस एडमिनिस्ट्रेशन अफ चाइनाले कुनै पनि प्रतिक्रिया दिएका छैनन्।
यो रिपोर्ट प्रकाशित भएपछि डीडीका लगानीकर्ता सफ्टब्याङ्क ग्रुप कर्प तथा टेन्सेन्ट होल्डिङ्सको शेयर मूल्य क्रमश: ५ तथा ३.१ प्रतिशतले घटेको थियो।
प्रकाशित: १० मंसिर २०७८, शुक्रबार