आइएसएम ब्याण्डको परिधि बाहिरको उपकरण प्रयोग गरेपछि ब्रोडब्याण्ड सोलुसन्स कारबाहीमा

  • Technology Khabar | २३ कार्तिक २०७८, मंगलवार
आइएसएम ब्याण्डको परिधि बाहिरको उपकरण प्रयोग गरेपछि ब्रोडब्याण्ड सोलुसन्स कारबाहीमा

काठमाडौं ।

तोकिएको मापदण्ड भन्दा बाहिरका फ्रिक्वेन्सी भएका वायरलेस उपकरणहरु प्रयोग गरेको भन्दै ब्रोडब्याण्ड सोलुसन्स प्रालिलाई कारबाही गरिएको छ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक ब्रोडब्याण्ड सोलुसन्सले आईएसएम ब्याण्डको परिधि भन्दा फरक र बाहिर रहेका उपकरणहरु प्रयोग गरी सेवा सञ्चालन गरेको भन्दै असोज ४ गते बसेको बोर्ड बैठकले कारबाही गरेको हो।

सो बारेमा प्राधिकरणको टोलीले अनुगमन गर्दा आइएसएम ब्याण्ड २.४ गीगाहर्ज र ५.८ गीगाहर्जको परिधि भन्दा बाहिर रही सेवा संचालन गरेको, महशुल दर स्वीकृत गरी लागु नगरेको तथा इन्टरनेट बिक्रीभन्दा धेरै शुल्क सर्पोट एण्ड मेन्टेनेन्समा लिएको भेटिएको प्राधिकरणले जनाएको छ।

निरिक्षणको क्रममा वायरलेस उपकरणहरुमध्ये एक उपकरणमा आइएमएस ब्याण्ड ५.८ भन्दा माथी रहेको भेटिएको थियो र सो उपकरणलाई तत्काल सच्याई आइएमएस ब्याण्ड ५.८ को परिधि भित्र ल्याईसकेको भनी गल्ती स्वीकार गरेको थियो।

त्यसैगरी अन्य गल्तीहरु समेत कम्पनीले स्वीकार गरेको भन्दै एक पटकको लागि सचेत गराई ऐन तथा अनुमतिपत्रका शर्तहरु पालना गराउन ध्यानाकर्षण सहित गराएको छ।

प्रकाशित: २३ कार्तिक २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Bajaj Grand Exchange Carnival: “New khojne lai jhyammai”

  • Technology Khabar
  • २३ कार्तिक २०७८, मंगलवार