
काठमाडौं ।
नेकपा एमालेले १०औं महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ।
तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले महाधिवेशनमा मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने निर्णय गरेको हो ।
प्रवक्ता एवं पार्टी सचिव प्रदीप ज्ञवालीका अनुसार बैठक अघि विद्युतीय भोटिङ मेसिनको पूर्वअभ्यास समेत गरिएको थियो।

एमालेले नेपालमा नै निर्मित विद्युतीय भोटिङ मेसिनको प्रयोग गर्न लागेको हो।
यसअघि बिष्णु रिमालको सक्रियतामा नेपाली युवा वैज्ञानिकद्धय राम लक्ष्मण दाजुभाईले बनाएको भोटिङ्ग मेसिनको प्रयोग गरेको थियो तर त्यसबेला सो मेसिनको प्रयोग बिचमै रोकेर फेरी परम्परागत मतपेटिका नै प्रयोग गरेको थियो।
यसअघि राप्रपाले पनि नेपाली भोटिङ्ग मेसिनको प्रयोग गरेर मतदानको कार्य गरेको थियो।
नेपाली युवा वैज्ञानिकद्धय राम लक्ष्मणले बनाएको भोटिङ्ग मेसिन यसअघि आमचुनावमा नुवाकोटमा परीक्षण गर्न अनुमति दिईएको थियो। तर पछि सो निर्णय कार्यान्वयन गरिएन् ।
गैर आवासिय नेपालीहरुको चुनावमा समेत नेपाली भोटिङ्ग मेसिनको प्रयोग गरिएको थियो ।
प्रकाशित: १३ कार्तिक २०७८, शनिबार