एप्पलको आईफोन सेभेनमा ३.५ मिलिमीटरको अडियो ज्याक राखिने

Technology Khabar २२ बैशाख २०७३, बुधबार

काठमाडौं ।

काठमाडौं, २२ वैशाख । एप्पलको नयाँ आउन लागेको “आईफोन सेभेन”को चर्चा निकै अघिदेखि नै चलिरहेको छ । यसमा राखिने प्रविधि र फिचरहरुको बारेमा विभिन्न समाचारहरु आई नै रहेका छन् । यहि मेसोमा आईफोन सेभेनमा (iPhone 7) ३.५ मिलिमीटरको हेडसेट ज्याक रहने समाचार आएको छ । यसअघि विभिन्न स्रोतलाई उल्लेख गर्दै आईफोन सेभेनमा ३.५ मिलिमीटरको अडियो ज्याक नराखिने समाचारहरु आएका थिए ।

यस पटक आएको हल्लाअनुसार आईफोनले अडियो ट्रान्समिसनका लागि लाइटनिंग पोर्टको साटो अडियो ज्याक राख्ने भएको छ ।

चीनको माइक्रो ब्लगिंग साइट वेबोमा राखिएको नयाँ तस्विर र जानकारीको आधारमा आईफोनमा अडियो ज्याक राखिने समाचारहरुमा उल्लेख छ । तस्विरमा आउने आईफोन सेभेनको लेआउट र एप्पलको आईफोन सिक्स एसको (iPhone 6S) लेआउट उस्तै किसिमको देखिएको छ । यो लेआउटमा लाइटनिंग पोर्ट र हेडफोन ज्याक दुबैका लागि स्थान राखिएको देखिन्छ ।iPhone7-02

उता एप्पलले लाइटनिंग कनेक्टेड ईयरपोड (Lightning connected EarPod) ढुवानी गर्न लागेको चर्चा चलेको छ, जुन आगामी आईफोनसँग प्रयोग हुने अनुमान गरिएको छ । त्यसैगरी एसेसरिज निर्माताहरुलाई आफ्नै लाइटनिंग हेडफोनहरु बनाउन अफर गरेको चर्चा चलेको छ ।

आईफोन सेभेनको भनिएको केसको ‘लिक’ भएको जानकारीअनुसार यसको पछाडिपट्टि स्मार्ट कनेक्टर राखिने भएको छ, जसले डिभाइसलाई आईप्याड प्रोको जस्तै रिचार्ज गर्न सहयोग गर्दछ । यो रिचार्ज लाइटनिंग पोर्टको माध्यमबाट हेडफोन प्रयोग गर्दा पनि गर्न सकिन्छ ।

एप्पलको नयाँ फोन यहि सेप्टेम्बरमा सार्वजनिक हुने अपेक्षा गरिएको छ, जुन कम्पनीको नियमित समयावधि हो । त्यसैगरी एप्पलको आउने स्मार्टफोनको मूल्य ६४९ अमेरिकी डलरबाट शुरु हुने अनुमान गरिएको छ, जुन मूल्य एप्पलको अहिलेको फ्ल्यागशिप हेडसेट आईफोन सिक्स एसको शुरु मुल्य हो ।

एप्पल आईफोन सेभेन वाटरप्रुफ हुने र टच होम बटन हुने जानकारी यसअघि नै आईसकेको थियो । यो फोनलाई पातलो बनाउन फोनमा राखिने एन्टेना लाइनहरुलाई पनि पुन डिजाइन गरिएको छ ।

माध्यम १  माध्यम २  स्रोत(फ्रेन्च भाषामा)

प्रकाशित: २२ बैशाख २०७३, बुधबार

तपाइको प्रतिक्रिया