शाओमी रेडमी के५० प्रो+ मा पेरिस्कोप जूम तथा १०८ मेगापिक्सेल क्यामरा रहने

  • Technology Khabar | २५ आश्विन २०७८, सोमबार
शाओमी रेडमी के५० प्रो+ मा पेरिस्कोप जूम तथा १०८ मेगापिक्सेल क्यामरा रहने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले आफ्नो रेडमी के५० लाइनअपका बारेमा अझै पनि विवरणहरु बाहिर ल्याएको छैन।

तर हालै चर्चित वेबो टिप्स्टरले बाहिर ल्याएका केही जानकारी अनुसार हाइ इन्ड स्मार्टफोन के५० प्रो+ का केही विशेष र महत्वपूर्ण फिचरका बारेमा संकेत पाइएको छ।

लीक अनुसार यो डिभाइसमा स्न्यापड्रागन ८९८ चिपसेटका साथमा ५००० एमएएचको ब्याट्री रहन सक्ने आकलन गरिएको छ। यसबाहेक सेल्फीका लागि बीचमा पन्चहोल क्यामरा रहन सक्ने बुझिएको छ।

पछाडि १०८ मेगापिक्सेलको पेरिस्कोप जूमसहितको टेलिफोटो सेन्सर रहने बताइएको छ।

यो फ्ल्यागशिप स्मार्टफोन सन् २०२२ को शुरुवाततिर सार्वजनिक हुन सक्ने आकलन गरिएको छ।

प्रकाशित: २५ आश्विन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार