बोइङ्ग स्याटेलाइट ब्रोडब्यान्ड इन्टरनेट सेवाको लागि मतदान गर्न अमेरिकी नियामकमा छलफल गरिँदै

  • Technology Khabar | २४ आश्विन २०७८, आईतवार
बोइङ्ग स्याटेलाइट ब्रोडब्यान्ड इन्टरनेट सेवाको लागि मतदान गर्न अमेरिकी नियामकमा छलफल गरिँदै

काठमाडौं ।

संघीय सञ्चार आयोग (एफसीसी) ले शुक्रबार बोइङ्ग कम्पनीले १४७ स्याटेलाइट प्रक्षेपण र संचालन गर्न दिएको आवेदन अनुमोदन गर्न भोटको लागी प्रस्ताव गरेको छ। बोइङ्ग कम्पनीले १४७ स्याटेलाइट ब्रोडब्यान्ड इन्टरनेटको पहुँच प्रदान गर्ने योजना लिएको छ।

बोइङ्गले पहिलो पटक २०१७ मा एफसीसीमा निवेदन दिई पृथ्वीको तल्लो कक्षमा र अत्यधिक झुकाएको गैर-भूस्थिर कक्षीय स्याटेलाइटमार्फत “उच्च गति ब्रोडब्यान्ड सञ्चार प्रदान गर्न” को लागी भी-ब्यान्ड कन्स्टलेसन बनाउनका लागि अनुमोदन मागेको थियो ।

बोइङ्गले भी ब्यान्ड ब्यान्ड कन्स्टलेसन” मार्फत संयुक्त राज्य अमेरिका, प्यूर्टो रिको, र यूएस भर्जिन टापुहरुमा आवासीय उपभोक्ताहरु, सरकारी, र पेशेवर प्रयोगकर्ताहरुलाई ब्रोडब्यान्ड इन्टरनेट र सञ्चार सेवाहरु प्रदान गर्न चाहेको रोयटर्सले उल्लेख गरेको छ।

२०१९ मा, इलन मस्कको स्पेसएक्सले एफसीसीलाई बोइङ्गको योजना अस्वीकार गर्न आग्रह गरेको थियो । जसमा यसले अन्य प्रणालीहरुलाई “हानिकारक हस्तक्षेपको स्पष्ट खतरा” प्रस्तुत गरेको आरोप लगाएको थियो । त्यसैगरि बोइङ्गको अपरेशनले अरुलाई हानी नहोस् भनेर सुनिश्चित गर्नको लागी न्यूनतम उपयुक्त शर्तहरु लगाउनुपर्ने बताएको थियो ।

बोइङ्गले बिहीबार कार्यवाहक एफसीसी अध्यक्ष जेसिका रोजेनवर्सलद्वारा मतदानको लागि प्रसारित एफसीसी आवेदनमा टिप्पणी गर्न अस्वीकार गरे।

गत अप्रिलमा, एफसीसीले अन्तरिक्षमा आधारित ब्रोडब्यान्ड इन्टरनेट उपलब्ध गराउने योजनाअनुसार पृथ्वीको तल्लो कक्षमा केही स्टारलिंक स्याटेलाइटहरु परिचालन गर्ने स्पेसएक्सको योजना अनुमोदन गर्न मतदान गरेको थियो।

स्पेसएक्सले एफसीसीसँग २,८२४ उपग्रहहरुलाई लो अर्थ अर्बिटमा राख्नको लागी अनुमोदन गर्न आग्रह गरेको थियो जसको माध्यमबाट हाल इन्टरनेटमा पहुँच नहुनेहरुलाई उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदान गर्ने योजना छ।

यस बाहेक अमेजनले पनि प्रोजेक्ट कुइपरमार्फत अन्तरिक्षमा लो अर्थ अर्बिटमा स्याटेलाइट राखेर तिब्रगतिको इन्टरनेट दिने उदेश्य राखेको छ ।

प्रकाशित: २४ आश्विन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार