अब १२ सेवा प्रदायकमार्फत् अनलाइनबाटै विद्युत महसुल तिर्न सकिने, ५०० रुपैयाँसम्म तिर्दा नि:शुल्क

  • Technology Khabar | ३० भाद्र २०७८, बुधबार

काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणको महसुल अब विभिन्न भुक्तानी सेवाप्रदायक हरुमार्फत अनलाइन नै तिर्न सकिने भएको छ।

प्राधिकरण एक सूचनामार्फत् १२ वटा विभिन्न निजी भुक्तानी सेवाप्रदायकको प्लेटफर्म प्रयोग गरी विद्युत महसुल भुक्तानी गर्न सकिने जानकारी दिएको छ।

प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ मा प्राधिकरणमा सूचीकृत विभिन्न सेवा प्रदायकको प्लेटफर्मबाट महसुल तिर्न सकिने जानकारी गराएको हो।

प्राधिकरणले सूचीबद्ध गरेका यी भुक्तानी सेवा प्रदायकहरुको एप वा वेबसाइटमार्फत विद्युत महसुल तिर्दा ५०० रुपैयाँसम्मका लागि कुनै शुल्क नलाग्ने व्यवस्था गरेको छ।

तर ५०० रुपैयाँभन्दा माथिको रकम तिर्नुपरेमा भने ग्राहकले सेवा प्रदायक अनुसार ३ रुपैयाँदेखि ५ रुपैयाँसम्म शुल्क तिर्नुपर्नेछ। यसमा पेवेलका लागि भने रु १००० सम्मको भुक्तानीमा शुल्क नलाग्ने बताइएको छ।

यी हुन् प्राधिकरणबाट अनलाइन विद्युत महसुलको कारोबार गर्न अधिकार पाएका भुक्तानी सेवा प्रदायकहरु:

क्र.स.भुक्तानी सेवा प्रदायकभुक्तानी गर्नुपर्ने रकमशुल्क रु.

प्रति कारोबार

स्प्यारो पे प्रालि५०१ – ५००००० सम्म
ईसेवा५०१ – ५००००० सम्म
सजिलो पे५०१ – ५००००० सम्म४.८०
सेलकम प्रालि५०१ – ५००००० सम्म
आईएमई डिजिटल सोलुशन प्रालि५०१ – ५००००० सम्म
हिमालयन बैंक लि५०१ – ५००००० सम्म
नेपाल डिजिटल पेमेन्ट कम्पनी लि५०१ – ५००००० सम्म
प्रभु बैंक५०१ – ५००००० सम्म
नेपाल इन्भेस्टमेन्ट बैंक५०१ – ५००००० सम्म
१०पेवेल१,००१ – ५००००० सम्म
११आईक्याश प्रालि५०१ – ५००००० सम्म
१२महालक्ष्मी विकास बैंक प्लि५०१ – ५००००० सम्म

प्रकाशित: ३० भाद्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार