वन वेबद्वारा विश्वव्यापी इन्टरनेट सेवाका लागि थप ३४ स्याटेलाइट प्रक्षेपण

  • Technology Khabar | ३० भाद्र २०७८, बुधबार
वन वेबद्वारा विश्वव्यापी इन्टरनेट सेवाका लागि थप ३४ स्याटेलाइट प्रक्षेपण

काठमाडौं ।

बेलायती संस्था वनवेबले बुधबार ३४ ओटा स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरेको छ। संस्थाले कजाख्स्तानबाट गरेको उक्त प्रक्षेपणपछि आफ्नो कन्स्टेलेशनमा स्याटेलाइटको सङ्ख्या ३२२ पुर्याएको छ।

ती स्याटेलाइटहरु कजाख्स्तानको बैकोनुर कस्मोड्रोमबाट मंगलबार बेलुका ६ बजेर ७ मिनेट जीएमटी अर्थात् नेपाली समय अनुसार राति ११ बजेर ५२ मिनेट जाँदा प्रक्षेपण गरिएको वनवेबले बुधबार जानकारी दिएको हो।

कम्पनीले विश्वका सबैभन्दा दुर्गम क्षेत्रमा समेत इन्टरनेट कनेक्शन उपलब्ध गराउने हिसाबले कुल ६४८ ओटा लो अर्थ अर्बिट स्याटेलाइटहरु पठाउने योजना बनाएको छ।

एरियनस्पेसले गरेको उक्त प्रक्षेपणमार्फत् वनवेबले यसै वर्षको अन्त्यसम्ममा उत्तरी गोलार्द्धको दुर्गम क्षेत्रमा तथा अर्को वर्ष विश्वभरी नै इन्टरनेट सेवा उपलब्ध गराउने बताइएको छ।

वनवेबले स्याटेलाइट प्रक्षेपण गर्ने कार्य गत डिसेम्बरमा बेलायती सरकार तथा भारतको भारती इन्टरप्राइजेजको साझेदारीमा खोलिएको कम्पनीले १ अर्ब डलर लगानी गरिदिएपछि टाट पल्टिएको अवस्थाबाट फर्किएर शुरु गरेको हो।

प्रकाशित: ३० भाद्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell launches exclusive bundle package for iPhone 18 buyers

  • Technology Khabar
  • ३० भाद्र २०७८, बुधबार