ताजा समाचार

एरिक्सनले भियतनाममा स्थापना गर्यो सफ्टवेयरमा आधारित अनुसन्धान तथा विकास केन्द्र

एरिक्सनले भियतनाममा स्थापना गर्यो सफ्टवेयरमा आधारित अनुसन्धान तथा विकास केन्द्र
Global IME Bank

एरिक्सनले भियतनाममा ५०० सम्म इन्जिनियरिङ कर्मचारीहरू रहने गरी अनुसन्धान तथा विकास केन्द्र स्थापना गरेको छ।

एरिक्सनले स्थानीय साझेदारहरूसँगको सहकार्यमा भियतनाममा सफ्टवेयरमा आधारित अनुसन्धान तथा विकास (आरएण्डडी) क्षमता सुरु गरेको जनाएको छ।

भियतनामस्थित यस केन्द्रमा ५०० सफ्टवेयर तथा प्रविधि इन्जिनियरहरू आबद्ध छन्। उनीहरूले एरिक्सनका र्यान (रेडियो पहुँच सञ्जाल), नेटवर्क कोर र क्लाउड-नेटिभ परियोजनाहरूमा योगदान पुर्‍याउने जिम्मेवारी पाएका छन्।

यी टोलीहरूले एरिक्सनको विश्वव्यापी उत्पादन रोडम्यापलाई सघाउ पुर्याउने उत्पादन तथा समाधानहरूको विकास र परीक्षण गर्छन्, र तिनलाई स्थानीय बजारमा मात्र सीमित नराखी विश्वभर पठाउँछन्।

यसले उक्त मुलुकमा कम्पनीको तीन दशक लामो उपस्थिति र हनोईमा उद्घाटन गरिएको नयाँ कार्यालयको जगमा टेकेर अघि बढ्ने लक्ष्य राखेको छ।

Sajilo Visa
easy care