कोभिड केस बढेसँगै माइक्रोसफ्टको कार्यालय खोल्ने समय अनिश्चितकालसम्म रोकिने

  • Technology Khabar | २५ भाद्र २०७८, शुक्रबार

काठमाडौं ।

माइक्रोसफ्टले यसको रेडमण्ड, वाशिंगटन, र यसका अन्य अमेरिकी कार्यालयहरुसहित आफ्नो मुख्यालय पुनः खोल्ने कार्य अनिश्चितकालको लागी ढिलाइ हुने बिहिबार जानकारी दिएको छ । देशमा कोरोनाभाइरसको प्रसार जारी रहेसँगै कम्पनीले कार्यालय खोल्ने समय पछाडी सारेको हो।

सफ्टवेयर र हार्डवेयर निर्माताले यहि अक्टोबर ४ मा कार्यालय खोल्ने लक्ष्य अगस्टको शुरुमा घोषणा गरेको थियो भने हाल त्यसलाई प्रतिस्थापन गर्नको लागी नयाँ मिति बताएको छैन्।

यो निर्णयले अमेरिकामा १ लाख ३ हजार भन्दा बढी माइक्रोसफ्ट कर्मचारीहरुलाई प्रभावित पार्नेछ ।  कोभिडसँग जोडिएको घटना अस्पतालमा भर्ना र मृत्यु बढेसँगै कार्यालयहरुमा कर्मचारीहरुलाई फिर्ता ल्याउनको लागी यस निर्णयले ठूला टेक्नोलोजी कम्पनीहरुको सावधान दृष्टिकोण प्रतिबिम्बित गर्दछ।

“कोभिड १९ को अनिश्चिततालाई ध्यानमा राखी, हामीले हाम्रो अमेरिकी कार्यस्थलहरुलाई पूर्ण रुपमा खोल्नको लागी नयाँ मितिको पूर्वानुमान गर्ने प्रयास नगर्ने निर्णय गर्यौं; जतिसक्दो चाँडो हामी सार्वजनिक स्वास्थ्य मार्गदर्शन आधारमा सुरक्षित ढंगले गर्न सक्नेछौं,” माइक्रोसफ्ट कर्पोरेटका उपाध्यक्ष जेरेड स्पाटारोले एक ब्लग पोस्टमा लेखे।

जतिबेला कम्पनी कर्मचारीहरुलाई स्वागत गर्न तयार हुनेछ त्यसबेला कम्पनीले जानकारी दिने बताईएको छ।

यसअघि नै अन्य टेक कम्पनीहरु अमेजन डटकम, फेसबुक र गुगलले आफ्ना कर्मचारीहरुलाई २०२२ को जनवरीमा मात्र फिर्ता बोलाउने घोषणा गरिसकेका छन् । एजेन्सी

प्रकाशित: २५ भाद्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

केयुमा ‘आइटी–मिट’को आयोजना

  • Technology Khabar
  • ९ पुष २०८२, बुधबार