मोटोरोलाले ३एनएम प्रविधियुक्त वायरलेस चार्जर ल्याउँदै, एकै पटक ४ फोन चार्ज गर्न सक्ने

  • Technology Khabar | २४ भाद्र २०७८, बिहीबार
मोटोरोलाले ३एनएम प्रविधियुक्त वायरलेस चार्जर ल्याउँदै, एकै पटक ४ फोन चार्ज गर्न सक्ने

काठमाडौं ।

यसै वर्षको सीईएस इभेन्टको शुरुवातमा मोटोरोलाले नयाँ वायरलेस चार्जिङ प्रविधिको प्रदर्शन गरेको थियो।

कम्पनीले यो परम्परागत क्यूआई चार्जरभन्दा फरक प्रविधिको हुने र यसले फोनलाई ३.३ फिट पर बाटै चार्ज गर्न सक्ने क्षमता राख्ने बताएको थियो।

यसबाहेक यसले एकै पटकमा दुई ओटा डिभाइस चार्ज गर्ने क्षमता राख्दथ्यो।

हालै कम्पनीले यसैको अपग्रेडेड भर्सन बजारमा ल्याउन लागेको हो।

यो नयाँ र सुधारिएको फिचरसहितको चार्जरमा १६०० एन्टेना लगाइएको र यसले ३ मिटर परबाट चार्ज गर्न सक्ने बताइएको छ। यसले १०० डिग्रीसम्मको क्षेत्रमा रहेका डिभाइसलाई चार्ज गर्न सक्छ।

अघिल्लो भर्सनभन्दा अपग्रेड गरिएकाले यसले अब एकै पटकमा ४ ओटासम्म डिभाइसलाई चार्ज गर्ने क्षमता राख्दछ।

फोन र चार्जरबीच आउने केही अवरोधलाई पनि झेल्ने भएकाले अब फोन खल्तीमै राखेको बेला पनि चार्ज गर्न मिल्ने बक्पनीको दावी छ।

प्रकाशित: २४ भाद्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...