सरकारले बन्द गराएका वेबसाइटहरुमा इन्टरनेट सेवा प्रदायकहरुले यस्तो सूचना राख्नुपर्ने

  • Technology Khabar | २४ भाद्र २०७८, बिहीबार
सरकारले बन्द गराएका वेबसाइटहरुमा इन्टरनेट सेवा प्रदायकहरुले यस्तो सूचना राख्नुपर्ने

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले बन्द गराएको वेबसाइटहरुमा तोकिएको सूचना राख्नुपर्ने भएको छ।

प्राधिकरणले हालै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिँदै बन्द गराईएका वेबसाइटहरुमा ग्राहकहरुले वेबसाइटमा पहुँच नहुने तर हेर्दा देखिने सूचनामा एकरुपता हुनुपर्ने भनेको हो।

प्रेस काउन्सिल नेपाल तथा अन्य निकायहरुको अनुरोधमा प्राधिकरणले निर्देशन दिएर इन्टरनेट सेवा प्रदायकहरुलाई वेबसाइट बन्द गराउँदै आएको छ।

त्यसरी बन्द भएका वेबसाइटहरुमा सो वेबसाइट किन बन्द गरियो भन्ने विषय उल्लेख गर्नुपर्ने प्रावधान लागू गरेको हो।

जसअनुसार मुलुकी अपराध संहिता ऐनअनुसार बन्द गरिएको र नेपालमा नियमानुसार दर्ता एवं सूचीकरण नभएको उल्लेख गर्नुपर्नेछ।

यसअघि पनि प्राधिकरणले निर्देशन दिएर वेबसाइटहरु बन्द गराउँदै आएको छ । प्राधिकरणले अश्लिल वेबसाइटहरुका साथसाथै काउन्सिलले गरेको अनुरोधको आधारमा दर्ता नभएका समाचार साइटहरुसमेत बन्द गराउँदै आएको छ।

प्रकाशित: २४ भाद्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार