
काठमाडौं ।
डिशहोम फाइबर नेटको सेवा पोखरामा पनि औपचारिक सुरुवात भएको छ । भदौ २३ गते नयाँबजार स्थित भट्टराई एण्ड ब्रदर्स सप्लायर्स प्रालिमा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रममा डिशहोमका तर्फबाट एरिया सेल्स मेनेजर, सेल्स अफिसर, टेक्निकल व्यक्तित्व, विभिन्न संचार माध्यमका पत्रकार, डिलर दाइ, स्थानीय समाजसेवी, बुद्धिजीवी लगायतको सहभागी रहेको थियो।
उक्त कार्यक्रममा भट्टराई एण्ड ब्रदर्स सप्लायर्स प्रालिका अध्यक्ष अम्बिका मोहन भट्टराईले डिशहोमले इन्टरनेटमा गरेको लगानीले अब नेपालमा इन्टरनेट क्रान्ति शुरु भएको बताए।
सस्तो सर्वसुलभ र गुणस्तरीय इन्टरनेट सेवा हरेक ग्राहकहरुलाई थप सेवा सुविधा सहित बुधबारबाट जडान हुने जनाइएको छ। १० एमबीपीएसदेखि १०० एमबीपीएस सम्मको प्याकेज उपलब्ध रहेको छ।
सहरी क्षेत्रमा सुरु गरेको डिशहोम फ़ाईबर नेटले आफ्नो सेवालाई ग्रामीण क्षेत्रका ग्राहकलाई पनि छिट्टै उपलब्ध गराउने डिशहोमका एरिया सेल्स मेनेजर प्रदिप सुबेदीले बताए।
डिशहोम फाईबर नेटसंगै अन्य सेवा पनि छिट्टै सुरु हुने उनले जानकारी दिए । भट्टराई एण्ड ब्रदर्स प्रालीले डिसहोम, डिसहोम फाइबर नेट तथा विभिन्न उच्चस्तरिय ब्राण्ड्का इलेक्ट्रोनिक तथा अटोमोबाइल्सका सामानहरुको बिक्री वितरण गर्दै आएको छ।
प्रकाशित: २३ भाद्र २०७८, बुधबार