अचानक विश्वभर डाउन भयो इन्स्टाग्राम, सुचारु गर्न काम गरिरहेको फेसबुकको भनाई

  • Technology Khabar | १७ भाद्र २०७८, बिहीबार
अचानक विश्वभर डाउन भयो इन्स्टाग्राम, सुचारु गर्न काम गरिरहेको फेसबुकको भनाई

काठमाडौं ।

फेसबुकको स्वामित्वमा रहेको इन्स्टाग्राम विश्वका केही भागहरुमा अचानक बन्द हुने समस्या आएको छ। इन्स्टाग्रामले आफ्ना सर्भर ह्वाट्सएप र फेसबुकसंग सेयर गर्दछ, तर यी दुई एप्समा कुनै समस्या छैन्।

इन्स्टाग्रामको एप एन्ड्रोइड र आईओएस डिभाइसहरुमा काम गरीरहेको छैन। धेरै प्रयोगकर्ताहरुले यस बारेमा गुनासो गरेका छन्।

डाउन डिटेक्टर वेबसाइटको अनुसार, विश्वभर बिहान ११ बजेदेखि इन्स्टाग्राममा समस्या आउन थालेको थियो। लगभग ५१ प्रतिशत इन्स्टाग्राम प्रयोगकर्ताहरुले एपको बारेमा गुनासो गरेका छन् भने २० प्रतिशत प्रयोगकर्ताहरुले इन्स्टाग्राम वेबसाइटमा समस्याहरुको सामना गरिरहेका छन्।

यसबाहेक बाँकी २९ प्रतिशत प्रयोगकर्ताहरुले सर्वर कनेक्सनमा इस्यू आएको गुनासो गरेका छन् । अहिले सम्म १६,००० भन्दा बढी प्रयोगकर्ताहरुले सो बारेमा रिपोर्ट गरेका छन्।

यसका साथै इन्स्टाग्राम प्रयोगकर्ताहरूले यसको बारेमा ट्वीटमा पनि गुनासो गरेका छन् ।

यो समाचार तयार पारुन्जेलसम्ममा भने केहि समस्या ठिक भएको बताईएको छ । फेसबुकले यस बारेमा जानकार रहेको भन्दै समस्या समाधान गर्न काम गरिरहेको र छिटै समाधान गरिने बताएको छ ।

प्रकाशित: १७ भाद्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • १७ भाद्र २०७८, बिहीबार