प्रविधिमैत्री शिक्षाका लागि सिद्धार्थ बैंकद्वारा आदर्श कन्या निकेतनलाई कम्प्युटर र प्रिन्टर सहयोग

  • Technology Khabar | १७ भाद्र २०७८, बिहीबार
प्रविधिमैत्री शिक्षाका लागि सिद्धार्थ बैंकद्वारा आदर्श कन्या निकेतनलाई कम्प्युटर र प्रिन्टर सहयोग

काठमाडौं ।

सिद्धार्थ बैंकले बिहिबार ललितपुर नगरपालिकाको मंगलबजारस्थित आदर्श कन्या निकेतन माध्यमिक विद्यालयलाई १ थान प्रिन्टर तथा ५ थान कम्प्युटर सहयोग गरेको छ।

बैंकको तर्फबाट वरिष्ठ प्रबन्धक प्रदिप पन्तले सो प्रिन्टर तथा कम्प्युटर सेटहरुको विद्यालयका प्रधानाध्यापक आनन्द ढुंगानालाई हस्तान्तरण गरेका हुन्।

बालिकाहरुको शिक्षामा केन्द्रित भइ स्थापना भएको आदर्श कन्या निकेतन माध्यमिक विद्यालयले प्रदान गर्दै आइरहेको शिक्षा प्रणालीलाई अझ बढी गुणस्तरीय र प्रविधिमैत्री बनाउनलाई बैंकले उक्त प्रिन्टर तथा कम्प्युटर सेटहरु सहयोग गरेको जनाएको छ।

प्रकाशित: १७ भाद्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • १७ भाद्र २०७८, बिहीबार