स्पेसएक्सको स्टारलिंक इन्टरनेटमार्फत् अब १ मिनेटभन्दा कममा एउटा चलचित्र डाउनलोड गर्न सकिने

  • Technology Khabar | २५ श्रावण २०७८, सोमबार
स्पेसएक्सको स्टारलिंक इन्टरनेटमार्फत् अब १ मिनेटभन्दा कममा एउटा चलचित्र डाउनलोड गर्न सकिने

काठमाडौं ।

हालै स्पीडटेस्ट नामक वेबसाइटको एक रिपोर्ट अनुसार स्पेएक्सको इन्टरनेट स्पीड निकै धेरै रहेको पाइएको छ।

टेस्लाका सीईओ इलन मस्कद्वारा सञ्चालित अन्तरिक्ष कम्पनी स्पेसएक्सको स्टारलिंक स्याटेलाइट इन्टरनेटको गति फिक्स्ड ब्रोडब्याण्ड स्तरको रहेको स्पीडटेस्टको भनाइ छ। उक्त रिपोर्टले कुनै कुनै देशमा त यो फिक्स ब्रोडब्याण्डभन्दा पनि बढी स्पीडको रहेको उल्लेख छ।

स्पेसएक्सको स्याटेलाइट इन्टरनेट परियोजना स्टारलिंकले सन् २०१९ देखि २०२४ सम्ममा इन्टरनेट सेवाका लागि लो अर्थ अर्बिटमा स्टारलिंक नेटवर्क बनाउन आवश्यक हज्जारो स्याटेलाइटहरु पठाउने लक्ष्य राखेको छ। हाल उक्त अक्षमा स्टारलिंक नेटवर्कका १६५० स्याटेलाइट रहेका छन्।

स्पीडटेस्टको रिपोर्ट अनुसार यस वर्षको दोस्रो त्रैमासमा स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवामार्फत् अमेरिकामा ९७.२३ एमबीपीएससम्म डाउनलोड भएको थियो। यो अमेरिकामा उपलब्ध फिक्स्ड ११५.२२ एमबीपीएसको ब्रोडब्यान्डको स्पीडभन्दा खासै कम छैन।

सामान्यतया १०० एमबीपीएस हाराहारीको स्पीडमा एउटा फिल्म १ मिनेटमा डाउनलोड गर्न सकिन्छ। यसबाहेक स्टारलिंकको अपलोड स्पीड अमेरिकामा १३.८९ एमबीपीएस छ जुन त्यहाँ उपलब्ध फिक्स ब्रोडब्यान्डको १७.१८ एमबीपीएसभन्दा थोरै मात्र घटी हो।

अपलोड र डाउनलोड स्पीडका हिसाबले हेर्दा स्टारलिंक नेटवर्क अन्य प्रतिस्पर्धीभन्दा निकै आगाडि छ। ह्युजेजनेट तथा भायास्याटजस्ता अमेरिकी बजारमा उपलब्ध अन्य स्याटेलाइट ब्रोडब्यान्ड सेवाहरु स्टारलिंकभन्दा धेरै पछाडि छन्।  

प्रकाशित: २५ श्रावण २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...