Honor

अनर एक्स२० सार्वजनिक हुने मिति पक्का, मुख्य विवरण र डिजाइन बाहिरियो

अनर एक्स२० सार्वजनिक हुने मिति पक्का, मुख्य विवरण र डिजाइन बाहिरियो
Global IME Bank

चिनियाँ स्मार्टफोन कम्पनी अनरले आफ्नो आउँदै गरेको अनर एक्स२० सार्वजनिक हुने मिति घोषणा गरेको छ।

आगामी अगस्ट १२ मा चीनमा अनर म्याजिक ३ सिरिज तथा अनर भी७ प्रो सार्वजनिक गर्न मिति पहिले नै तय गरेकोमा त्यही इभेन्टमा अनर एक्स२० स्मार्टफोन पनि सार्वजनकि गर्ने पुष्टि गरेको छ।

कम्पनीले एउटा पोस्टर जारी गर्दै अनर एक्स२० को सार्वजनिक हुने मितिबारे आधिकारिक जानकारी दिएको हो। यसमा डुअल सेल्फी क्यामरा हुनसक्ने आकलन गरिएको छ।

पछाडि गोलाकार क्यामरा हाउजिङ छ जसमा ६४ मेगापिक्सेलको मुख्यसहित ट्रिपल क्यामरा सेटअपका साथै एलईडी फ्ल्याश रहनेछ।

फिंगरप्रिन्ट सेन्सर साइडमा रहने यो डिभाइस कम्तीमा दुई रंगमा आउने पोस्टरबाट बुझ्न सकिन्छ।

यसमा १२० हर्ज रिफ्रेश रेटसहितको डिस्प्ले, ६६ वाट फास्ट चार्जर तथा ६ एनएम डाइमेन्सिटी ९०० चिपसेट रहने बुझिएको छ। साथै यसको मूल्य २००० युआन अर्थात् ३०९ डलरको हाराहारी रहने आकलन गरिएको छ।

Sajilo Visa
easy care