ल्यापटप र मोबाइल पसलमा चोरी गर्ने छ जनाको समूह पक्राउ

  • Technology Khabar | २० श्रावण २०७८, बुधबार
ल्यापटप र मोबाइल पसलमा चोरी गर्ने छ जनाको समूह पक्राउ

काठमाडौं ।

अर्घाखाँचीका विभिन्न ठाउँमा चोरी गर्ने छ जना आरोपितलाई प्रहरीले मगलबार प्रक्राउ गरेको छ । सुनचाँदी, किराना तथा ल्यापटप र मोबाइल पसलमा चोरी गर्ने छ जनाको एक समूहलाई अर्घाखाँची प्रहरीले पक्राउ गरेको हो ।

पछिल्ला केही महिनायता अर्घाखाँचीको सन्धिखर्कमा चोरीका घटना बढ्दै गएपछि चोरी नियन्त्रण लागी प्रहरीले अप्रेशन सञ्चालन गरेको थियो ।

पछिल्लो समयमा छुट्टा छुट्टै चार वटा स्थानमा चोरी गरि फरार रहेका व्यक्ति तथा चोरी भएका सामग्री समेत नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक अम्मर थापाले जानाकारी दिए।

चोरीमा संलग्न चार जना १७ वर्षमुनिका बालक रहेका छन्। त्यस्तै, चोरी गरिएका सामग्री लुकाएर रान्ने दुई जनालाई प्रक्राउ गरिएको प्रहरी निरिक्षक तथा सुचना अधिृकत गणेश खनालले जानाकारी दिए।

पक्राउ पर्नेहरूमा सन्धिर्खक ११ बस्ने २६ वर्षीय किशन नेपाली, १८ वर्षीय रोसन नेपाली रहेका छन् भने अरू चार जना नाबालक रहेको कारण पहिचान खुलाइएको छैन । पक्राउ परेका १७ वर्ष, १५ वर्ष, १३ वर्ष र १२ वर्षका एक÷एक जना रहेका छन् ।

प्रहरी प्रमुख थापाका अनुसार चोरी गरिएका सामग्री किसन नेपाली र रोसन नेपालीको घरबाट बरामद गरिएको जानकारी दिए । बरामद गरिएका सामग्रीमा २५ तोला चाँदी, दुइटा ल्यापटप, २५ वटा पुरानो मोबाइल, रिचार्ज कार्ड तथा किराना पसलबाट चोरी भएका विभिन्न ५० प्रकारका सामग्री छन्। अभियुक्तलाई चोरी मुद्दामा जिल्ला अदालत अर्घाखाँचीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान सुरू गरिएको प्रहरीले बताएको छ।

उक्त समूहले गत साउन ३ गते सन्धिखर्क नगरपालिका ११ जोगिमारे बस्ने राजकुमार सुनारको सुनचाँदी पसलबाट २५ तोला चाँदी र १ वटा ल्यापटप चोरी गरेको थियो ।

सोहि समूहले नै साउन ५ गते सोही स्थानका हिम बहादुर सेजवाल र साउन ८ गते बुद्धिबहादुर सेजवालको किराना पसल तथा साउन १३ गते जोगिमारे घर भई हाल वडा नं. वडा नं. १ बैंकरोडमा ल्यापटप र मोबाइल पसल चोरी गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । गोरखापत्र

प्रकाशित: २० श्रावण २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

PUBG Mobile and Naruto Shippuden announces partnership with coming Version 4.5

  • Technology Khabar
  • २० श्रावण २०७८, बुधबार